फोटो र भिडियो: अंगद ढकाल

फोटो र भिडियो: अंगद ढकालका लेखहरु :

'तलब खुवाउने अवस्था छैन, भागबन्डाका लागि मन्त्रालय थप्ने ?' [भिडियो]

संघीयता कार्यान्वयनमा गएपछि विगतमा केन्द्र सरकारमा निहित अधिकारको विकेन्द्रीकरण भएको छ । अधिकार तल्ला तहमा गएपछि संघमा सरकारको कार्यबोझ पनि घटेको छ । विज्ञहरू सम्मिलित विभिन्न आयोग र सुझाव समितिहरूले प्रशासनिक खर्च कम गर्न सरकारका संरचना र जनशक्ति घटाउन सुझाव दिँदै आएका छन् । तर, हालै बनेको सत्ता गठबन्धनमा भने भागबण्डा मिलाउन प्रशासनिक खर्च बढ्ने गरी मन्त्रालय थप्नेबारे छलफल चलिरहेको छ ।

पाइला–पाइलामा तगारो

दाङको तुलसीपुरकी २४ वर्षीया सुनिता नेपाली सुकेधारामा होस्टल बसेर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर गर्दैछिन् । दृष्टिसम्बन्धी अपांगता भएकी उनी पढाइमा अब्बल छिन् । कलेज जान भने उनलाई निकै सास्ती छ । बाटोमा हिँड्दाहिँड्दै फुटपाथ सकिन्छ ।कहिले बिजुलीको खम्बामा टाउको ठोकिन्छ । सेतो छडी टेकेर हिँडिरहेको देखे पनि जेब्रा क्रसिङमा गाडीले बाटो दिँदैनन् । कहिलेकाहीँ लडेर, गाडीले हानेर घाइते पनि भएकी छन् ।

'एमालेले धेरै हन्डर खायो, घेराबन्दी तोड्न सर्वसम्मत नेतृत्व चयन गर्छ' 

नेकपा एमाले स्थायी कमिटीका सदस्य विष्णु रिमाल अहिले दसौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका सचिव छन् । एमालेले आयोजना गर्ने अधिकांश ठूला कार्यक्रमको व्यवस्थापनमा रिमालको भूमिका हुने गरेको छ ।