टीकाराम तामाङ

टीकाराम तामाङका लेखहरु :

अहिलेसम्म प्रतिनिधि सभाका ५ सांसद निलम्बित, कसलाई के अभियोग ?

हत्या, यौन दुर्व्यवहार, भ्रष्टाचार लगायत काण्डमा मुछिएपछि हालसम्म संघीय संसद्‍का ५ सांसद निलम्बित भएका छन् । पछिल्लो पटक कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई ललिता निवासको जग्गा अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै निलम्बित सांसदको संख्या ५ पुगेको हो ।

मलाई मार्न टिम खटाउने साथीहरु देखेर दया लाग्छ : दाहाल

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई मार्न नेत्रविक्रम चन्दले टोली खटाएको सूचना सरकारले दिएको भन्दै उनीहरुप्रति दया लागेको बताएका छन् । नेकपा कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद, बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफूलाई पहिला मार्नुपर्ने भनेर चन्द समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको खुलासा गरे ।

यो देश परेड खेल्ने मैदान होइन : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयकमाथि विभिन्न भ्रम र अफवाह फैलाइएको दाबी गर्दै सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्नमात्र कानुन बनाउन लागिएको बताएका छन् । सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बाँस्कोटाले सूचना प्रविधिको बढ्दो प्रयोगलाई रोक्ने वा नियन्त्रण गर्ने सरकारको उद्देश्य नरहेको स्पष्ट पारे ।

सरकारको वर्ष दिनको कामप्रति कांग्रेसको टिप्पणी, 'नागरिकका विश्वास गुमायो'

प्रमुख प्रतिपक्ष कांग्रेसले पहिलो वर्षमै सरकारले नागरिकको विश्वास गुमाएको टिप्पणी गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जिम्मेवारी पूरा नगरी विश्वसनियता गुमाएको बताए ।

चैतमा लगानी सम्मेलन गर्ने सरकारको निर्णय

सरकारले आउँदो चैतको दोस्रो साता लगानी सम्मेलन गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले चैत १५ र १६ गते ‘लगानी सम्मेलन–१९’ गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

 नियोजित रुपमा पार्टी फुटाएको विवेकशील साझाको ठहर

विवेकशील साझा पार्टीले नियोजित रुपमा पार्टी फुटाएको ठहर गरेको छ । पार्टी कार्यालय बखुन्डोलमा दुई दिन बसेको केन्द्रीय समिति बैठकले तत्कालीन संयोजक उज्ज्वल थापाले नियोजित रुपमा पार्टी फुटाएको निष्कर्ष निकालेको हो ।

राजपाका नेताहरुको समर्थन फिर्ता लिने चेतावनीपछि प्रधानमन्त्रीले भने, 'एक हप्ता पर्खनुस्' 

प्रधानमन्त्री केपी ओलीले एक हप्ता पर्खन राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । आफ्ना मागहरु पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएका राजपा नेताहरुलाई मंगलबार बालुवाटार बोलाएर ओलीले उक्त आग्रह गरेका हुन् ।

बलात्कारको बिकराल स्थिति : ५ महिनामा ७ सय १० जना बलात्कृत, ३ सय ९१ उजुरी (सूचीसहित)

पछिल्लो ५ महिनाको अवधिमा देशभर ७ सयभन्दा बढी बलात्कारका घटना भएका छन् । सरकारले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा पेस गरेको विवरणमा यो तथ्य उल्लेख छ ।