मोहन बुढाऐर

मोहन बुढाऐरका लेखहरु :

सुदूरपश्चिममा एन्टिबडी पोजिटिभ देखिएका २ हजारको अझै गरिएन पीसीआर टेस्ट

सुदूरपश्चिम प्रदेशमा हालसम्म थ्रोट स्बावबाट गरिएको परीक्षणमा २ दशमलव २७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार चैतदेखि हालसम्म ८ हजार २ सय ५२ जनामा पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

सुदूरपश्चिममा संक्रमित थपिए, स्रोतसाधन थपिएनन्

कोरोना संक्रमितको संख्या बढेसँगै महेन्द्रनगरस्थित महाकाली अस्पतालमा बिरामीको चाप बढेको छ । ५ आइसोलेसन बेडबाट उपचार सुरु भएको अस्पतालमा मंगलबारसम्म २४ संक्रमित भर्ना भइसके ।

अस्पतालमा बेड नपाएपछि संक्रमित बर्थिङ सेन्टरमा

बेड अपुग भएपछि सेती प्रादेशिक अस्पतालले मंगलबार राति उपचारका लागि आएका पाँच जना कोरोना सक्रमितलाई फिर्ता पठाएको छ । गौरीगंगा नगरपालिकाका उनीहरूलाई गाउँकै बर्थिङ सेन्टरमा राखिएको छ ।

सुदूरपश्‍चिममा थप एकजनामा कोरोना संक्रमण

सुदूरपश्चिममा आइतबार थप एक जनामा कोरोना पोजिटिभ देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा अछाम मल्लेख गाउँपालिका ४ घर भएका ३२ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । संक्रमित आइसोलेसन कक्षमा थिए । 

थारू संस्कृतिको केन्द्र भादा

अघिपछि जिन्स पाइन्ट र टिसर्ट लगाउने ईना चौधरी पाहुनाको स्वागतका बेला भने परम्परागत थारू पहिरनमा सजिएकी हुन्छिन् । कैलालीको थारू होमस्टे गाउँ भादाकी उनी हरेक साँझ लेहेंगा, फरिया र चोलियामा सजिएर सखिया नाच प्रस्तुत गर्छिन् । 

रोकिएन अतिक्रमण

धनगढी उपमहानगरपालिकाले गत वर्ष सुरु गरेको खोलानाला अतिक्रमण क्षेत्र खाली गर्ने अभियान बीचमै तुहिएको छ । मनपरि अतिक्रमणकै कारण बर्खाको पानी निकास हुन नपाएर धनगढी क्षेत्रमा जताततै डुबान हुने गरेको छ ।

कैलालीको डुबानग्रस्त क्षेत्रमा उच्च सतर्कता 

दुई दिनदेखिको निरन्तर चुरेबाट उत्पन्न नदी र कर्णाली नदीमा जलस्तर बढेको छ । प्रभावित क्षेत्रलाई उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनले उर्दी जारी गरेको छ । चुरेबाट उत्पन्न भएका  मोहना , कान्घ्रा काडा , खुटिया नदीले कैलालीको दक्षिणी-पूर्वी क्षेत्र डुबानमा पर्ने गरेको छ ।  जिल्लाको पश्चिम-पूर्व भएर बग्ने मोहना नदी कर्णालीमा मिसिने गरेको छ । 

गौरवका योजनामा कांग्रेसको बजेट

सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलले प्रदेशका महत्त्वपूर्ण गौरवका योजनामा आवश्यक रकमको बजेट सार्वजनिक गरेको छ । सुदूरको समृद्धिका आधार भएका योजनामा प्रदेश सरकारको बजेट नपरेको भन्दै छाया सरकारका रूपमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आवश्यक बजेट विनियोजन गरेको हो । 

सुदूरमा पनि रोपाइँ सुरु

कैलाली हसुलियाका भागिराम चौधरी आकाशमा कालो बादल मडारिएको देख्दा खुसी भए । हलभाडी (खेत जोत्न प्रयोग गरिने सामग्री) ठिक्क पारेर राखे । नल्का (धारा) को पानीमा मोटर जोडेर बेर्ना भिजाएर उखेल्न थाले । आकासे पानी रोक्न खेतका कान्ला बनाए । रातमा पानी वर्षंदा सोमबार उनले एकै दिन ५ कट्टामा रोपाइँ गर्न भ्याएका छन् । 

हावाहुरी पीडितले राहत पाएनन्

हावाहुरीले जेठ अन्तिमसाता फर्शुराम चौधरीको घर उडाएर लग्यो । धन्न ज्यान भने बाँच्यो । इँटा र टिन उडाएपछि खरले छत छाएर ५ दिनपछि उनले बस्न मिल्ने घर बनाए ।