२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राम लोहनी

राम लोहनीका लेखहरु :

नवउदारवादको उत्थान र पतन

पृष्ठभूमिआर्थिक गतिविधिमा सरकारको शून्य हस्तक्षेप र वस्तु तथा मानिसको अन्तर्राष्ट्रिय खुला आवागमनको आदर्श अघि सारेर असीको दशकमा अमेरिकामा नवउदारवादको अभ्यास सुरु भयो । समाजवादी विश्वको पतनपछि नवउदारवाद विश्व अर्थव्यवस्थाको निर्विकल्प स्वरूपजस्तो देखियो ।

जलवायु परिवर्तनको अर्थ–सामाजिक गाँठो

पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यास (कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, फ्लोरिनेटेड) आदिको परिमाण दिनानुदिन बढ्दै गइरहेको छ । यसको मुख्य कारण हो– पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, कोइलाजस्ता जीवांश इन्धन (फोसिल फ्युल) को अत्यधिक उपभोग । यीमध्ये पनि कार्बनडाइअक्साइडको उत्पादन प्रमुख समस्या हो । वायुमण्डलको कार्बनडाइअक्साइडलाई वनस्पतिले शोषण गरेर सन्तुलनमा राख्न खोज्छ । तर, वनस्पतिले शोषण गर्न सक्ने भन्दा कैयौं गुणा बढी कार्बनडाइअक्साइड उत्पादन भइरहेको छ ।

हिमालयको मानव कथा

हिमालयबारे कति लेखे कथा पूरा हुन्छ ? यसको कुनै सीमा छैन । हिन्दु, बौद्ध र बोन तीनै धर्ममा हिमालयको आफ्नै महत्त्व छ, आफ्नै गाथा छ । ‘हिमाल’ शब्दले सबै उच्च पर्वतहरूलाई सम्बोधन गरे पनि प्राविधिक अर्थमा ‘हिमालय’ शब्दको सीमा छ । यसले पश्चिमतिर बग्दै आएको इन्दुस नदी, दक्षिणतिर बांगिएको नंगा पर्वतको क्षेत्रदेखि पूर्व बग्दै गएको ब्रह्मपुत्र नदी, दक्षिणतिर बांगिएको नाम्चा बर्वा पर्वतसम्म फैलिएको लगभग २४०० किमि लामो हिमशृंखलालाई जनाउँछ । अन्तरिक्षबाट लिइएको फोटोमा हिमालय एउटा विशाल केरा वा खुर्पेचाँदजस्तो आकारमा देखिन्छ ।

विरोधाभास : सांस्कृतिक भिजिटिङ कार्ड

प्राचीन भारत’ नामले हालको भारतको राजनीतिक सीमालाई मात्र जनाउँदैन । हिमालयको दक्षिण, दक्षिण पूर्व र उत्तर पश्चिमको अफगानिस्तानसम्मको भूगोल यसले समेट्छ । आधुनिक मानवको यस उपमहाद्वीपमा भएको बसोबासको इतिहास मूलतः दुईवटा स्रोतमा निर्भर छन्– लिखित ग्रन्थ तथा अभिलेख र भौतिक संस्कृतिका अवशेष । भौतिक संस्कृतिको विश्लेषणले जनजीवनको भौतिक पाटोलाई त उजागर गर्छ, तर सामाजिक तथा राजनीतिक पक्ष प्रस्ट पार्दैन । लिखित पाठहरूले स्वाभाविक रूपले शासक र सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्ने हुँदा सिंगो समाजको चित्र त्यसले पनि प्रस्तुत गर्न सक्दैन । तर, पनि इतिहासको कथ्य यिनै प्राथमिक स्रोतहरूमा निर्भर रहनुको विकल्प छैन । त्यसैले उपिन्दर सिंह भन्छिन्– ‘इतिहासको परिशीलनका लागि प्राथमिक स्रोतहरूको सावधानीपूर्वक परीक्षण, विवेकको सम्यक् प्रयोग, कठोर विश्लेषण र वस्तुपरकताको सचेत प्रयास आवश्यक पर्छ ।’

कृष्ण मेननको बहुरंगी जीवन

भारतको हालको केरला प्रान्तमा सन् १८९६ मा जन्मेका भीके कृष्ण मेननको जीवनको सत्ताइस वर्ष (१९२४–१९५१) बेलायतमै बित्यो । बेलायत रहँदा ‘इन्डिया लिग’ को सचिवको रूपमा भारत स्वतन्त्रताका लागि अंग्रेज सरकारलाई दबाव दिने काममा मेननको ठूलो योगदान थियो ।