भोगीराज चाम्लिङ

भोगीराज चाम्लिङका लेखहरु :

चिनिमा : ज्ञानकी आदिम नेतृ

मलाई सुरुसुरुमा लाग्थ्यो- मुन्दुम भनेको धामीहरूको रातो भाले खाने मन्त्र हो । यो धारणा मैले लामो समयसम्म आफूमा जोगाएर राखेँ । तर, यो मेरो अवधारणा त्यतिखेर भत्कियो जब मैले इमानसिंह चेम्जोङ र बैरागी काइँलाले सङ्कलन/सम्पादन गरेको लिम्बू मुन्धुमका पुस्तक पढेँ ।

‘भगवान्’ राम : उमेर १६०० वर्ष !

सुरुमा वाल्मीकि रामायण २४ हजार श्लोकको थियो, अहिले झन्डै १ लाख श्लोकको छ (अल्ब्रेख्त वेबर, अन द रामायण, जर्मनबाट अंग्रेजीमा अनुवाद सन् १८७३(, पृष्ठ १०२, एम. विन्टरनित्ज, अ हिस्ट्री अफ इन्डियन लिटरेचर, भोल्युम १, सन् १९२७, पृष्ठ ५००) । त्यस्तै सुरुमा पाँच काण्डको थियो, अहिले सात काण्डको छ ।

अयोध्या कहाँ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका बारेमा जेजस्तो अभिव्यक्ति दिए, त्यसले नेपाल र भारतमा राम्रै तरंग पैदा भयो । भारतले आपत्ति जनाउनु त स्वाभाविकै हो, स्वयं नेपाली समाज पनि प्रधानमन्त्रीको भनाइप्रति खासै विश्वस्त हुन सकेन ।

रामायणको लंका : श्रीलंका कि भारतमा ?

आम बुझाइ छ— वाल्मीकि रामायणमा उल्लेख भएको रावणको राजधानी ‘लंका’ अहिलेको ‘श्रीलंका’ टापु हो र भारत–श्रीलंकाबीच समुद्रमाथि नलले पुल बनाइदिएपछि रामका सेनाहरू लंका पुगेका थिए । एकथरी विद्वान् यसैमा विश्वास गर्छन् । यद्यपि आलोचनात्मक चेतनासहितका अधिकांश विद्वान्ले भने फरक मान्यता राखेको पाइन्छ । 

रामायण : कति प्राचीन ?

‘वाल्मीकि रामायण’ (संस्कृत) को सबैभन्दा प्राचीन हस्तलिखित पाण्डुलिपि नेपालमा सुरक्षित छ । ओरियन्टल इन्स्टिच्युट, भारतले प्रकाशन गरेको ‘द वाल्मीकि रामायण : क्रिटिकल इडिसन’ (सन् १९६०) मा नेपालबाट प्राप्त दुईवटा पाण्डुलिपि समावेश छ ।

माझकिरातका दुर्लभ कागजात 

डेढ महिनाअगाडि ‘म्यासेन्जर’ मा एउटा गज्जब ‘सन्देश’ आयो, जुन पढेर म खुसीले छटपटिएँ । लेखिएको थियो– ‘सेवा–नमस्कार सर, म भोजपुर दिङ्लाबाट । यहाँ मसँग संवत् १८२५–२६ सालको कागजात छ तर खुट्याएर अर्थ्याउन असमर्थ भएकोले तपाईंबाट समाधान हुने थियो कि ?’ 

मुन्दुमबाट मार्क्सवाद

केकार्ल मार्क्स पहिलो ‘मार्क्सवादी’ हुन् ? अहँ पटक्कै होइनन् । उनी त सबैभन्दा कान्छो ‘मार्क्सवादी’ हुन् । मार्क्सभन्दा पहिले नै थियो ‘मार्क्सवाद’ तर फरक नामहरूमा । ती थुप्रैमध्ये एउटा नाम हो मुन्दुम । आफूभन्दा पहिले विकास भएका यस्ता थुप्रै ‘मार्क्सवादहरू’ को उच्चतम संश्लेषण गरेका हुन् कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले ।

जसले छिचोल्छ, अनुसन्धाता बन्छ

भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल (१९९० साउन ३०– २०७५ फागुन १२) को बहुचर्चित किताब हो– ‘खस जातिको इतिहास’ । उनका ‘पाँच सय वर्ष’, ‘नेपाली भाषा र साहित्य’, ‘राष्ट्रभाषा’, ‘एक मन सात चिन्तन’ लगायत सयभन्दा बढी पुस्तक प्रकाशित छन् । प्रा. पोखरेलको स्मृति–दिवसको सन्दर्भमा ‘खस जातिको इतिहास’ माथिको समीक्षा प्रस्तुत छ ।

मुन्दुम : लयको महासागर

सांगीतिक क्षेत्रमा एउटा ठट्टा खुबै प्रचलित रहेछ, ‘किरात राई समुदायको कुनै गायक–गायिका भेटियो भने उसलाई कुन जिल्लाको भनेर नसोध्नू । बरु सीधै सोध्नू— खोटाङ कुन ठाउँको हो ?’ हुन पनि हो, ‘राई इज किङ’ अर्थात् राजेशपायल राईदेखि अहिलेकी ‘हिट’ गायिका मेलिना राईसम्म खोटाङकै हुन् ।

प्राग्ऐतिहासिक पर्व

जिन्दगीमा उमेर खाएर मात्र नहुने रहेछ— बल्ल अहिले साकेला प्राग्ऐतिहासिक संस्कृति हो भन्ने बुझ्दै छु  । हलेसी क्षेत्रका राईहरूलाई नफापेर धेरै पहिला छाडेका कारण मलाई साकेला पर्वबारे खासै थाहा थिएन  ।