असार १४, २००३ को ‘गोरखापत्र’ को छैटौं पातोमा तात्कालिक शिक्षा विभागको एउटा सूचना छापिएको छ– सहर बाहिर स्वास्थ्यकर ठाउँमा छात्रावास सहितको ‘पब्लिक’ स्कुल खोल्ने योजना गर्नलाई छात्रसंख्या थाहा हुनुपर्ने भएकाले यो सूचना दिने काम भएको छ ।
२००३ को चैत । नेपाली ‘साहित्यकाशका तारा कवि लक्ष्मीप्रसाद, कवि सिद्धिचरण, नाटककार गोपाल प्रसाद, कहानी लेखक विजयबहादुर, निबन्धकार हृदयचन्द्रसिंह, झ्याउरे गीतिकाव्यका लेखक हृदयराज’ र केदारमान व्यथित गरी जम्मा ‘७ जवान’ ले मिलेर शिक्षा–साहित्य–प्रकाशन इत्यादि क्षेत्र हेर्ने तालुकवाला राणा जनरल मृगेन्द्र शमशेर (डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन्स) मार्फत तात्कालिक प्रधानमन्त्री पद्म शमशेर कहाँ ‘नेपाली साहित्य परिषद्’ नामको संस्था गठन गर्ने अनुमति माग्दै बिन्तीपत्र चढाए ।
नेपालमा अहिले एक दर्जनभन्दा बढी विश्वविद्यालय सञ्चालनमा छन् । थप अन्य ‘केन्द्रीय’ र ‘प्रादेशिक’ विश्वविद्यालय स्थापना र सञ्चालनका लागि प्रयत्नहरू भैरहेका छन् । र, ती स्थापनाका विभिन्न चरणमा छन् । विश्वविद्यालयको संख्यामा बढोत्तरी हुँदै गए पनि नयाँ विश्वविद्यालयहरूले आफ्नो कुनै वैशिष्ट्य देखाउन सकेका छैनन् । ती नेपालको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कमसल फोटोकपीजस्ता मात्रै देखिन्छन् ।
नेपालमा सन् १९२० को दशकमा राणा शासकहरूले र अरू भारदार/कर्मचारीहरूले कम्तीमा पनि सन् १९३० कै दशकदेखि रेडियो राख्न सुरु गरे । तर, पद्मशमशेरको अभ्युदयसँगै २००३ सालमा मात्रै नेपालमा रेडियो औपचारिक रूपमा ‘फुक्का’ भयो ।
संस्कृत र शास्त्रका ज्ञाता जगन्नाथ गुरागाईं नेपालीमाझ मात्र होइन भारतीय विद्वत् समाजमा पनि प्रख्यात थिए । ‘गुणरत्नमाला’ लगायत विभिन्न पुस्तकका लेखक र भारतबाट निस्कने संस्कृत भाषाको ‘ब्राह्मणमहासम्मेलनम्’ पत्रिकाका सम्पादक रहेका गुरागाईंले बनारसको नेपाली धर्मशाला र छात्रावास स्थापनामा ठूलै भूमिका खेलेका थिए ।