आम नेपालीले सही समयमा वित्तीय सेवाको सही छनोट गरेको भए सहकारी र लघुवित्तका समस्या यसरी उठ्ने थिएनन् । आज केन्द्रीय बैंकको कठोर अनुशासनमा रहेका बैंक तथा वित्तीय संस्थाको खराब कर्जा पनि यति बढ्ने थिएन । धेरै नेपालीले आफ्नो स्रोतसाधनको सही प्रयोग गरेर उद्यम व्यवसाय गर्ने प्रयास गरिरहेका हुन्थे । रेमिट्यान्सको केही रकम यहाँ रहेका परिवारका सदस्यले उत्पादनमूलक कार्यमा लगाउने प्रयास गरेका हुन्थे ।