शब्द/तस्बिर : अंगद ढकाल

शब्द/तस्बिर : अंगद ढकालका लेखहरु :

यसरी बनाइँदै छ पाला [तस्बिरहरु]

नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर उपत्यकाको प्राचीन सहर भक्तपुरका स्थानीय 'पाला' बनाउन व्यस्त छन् । जिल्लाका बोलाछो, लिवाली लगायतका क्षेत्रमा अहिले माटोको दियो 'पाला' बनाउने काम धमाधम भइरहेको छ । तिहारमा माटाका पालाहरुले विशेष महत्त्व राख्ने गर्दछन् । दिनेश प्रजापतिका अनुसार तिहारका लागि मात्र उपत्यकाका विभिन्न ठाउँबाट दियोको माग हुने बताए । उनले यो सिजनमा मात्र २ लाखभन्दा बढी दियो बनाएर बिक्री गरेको बताए ।

लकडाउनमा यस्तो जाम ! [तस्बिरहरु]

चैत ११ देखि थालिएको लकडाउनको ४७ औं दिन आइतबारदेखि सरकारले राजधनीमा चल्ने सवारीसाधनका लागि 'टाइम कार्ड' लागू गरेको छ । आइतबार बिहानै सडकमा यसको प्रभाव पनि देखियो । लकडाउनका कारण अत्यावश्यक सेवाका सवारीमात्रै चलिरहेका भए पनि सडक हेर्दा सवारीको चापमा कुनै कमी देखिदैन ।