दिप्ती अननी

दिप्ती अननीका लेखहरु :

जब क्रिकेट रोकियो

क्रिकेट विश्वभर अहिलेमात्र रोकिएको होइन, यसअघि पनि रोकिएका छन्, युद्ध, आतंकवाद र प्राकृतिक प्रकोपका कारण । यी वास्तवमै विचित्रका समय हुन् । अहिले पूरा विश्व कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट त्रसित छ । सबैको जीवन ठ्याक्कै रोकिएको छ । यसमा विश्व क्रिकेट पनि पर्छ । केही साताअघिसम्म पनि क्रिकेट खेलिएको थियो, बन्द रंगशालामा । त्यो पनि दर्शकविहीन स्थितिमा । त्यतिबेला छक्का प्रहार हुँदा दर्शकदीर्घा चुप रहेको थियो ।