नागरिकता व्यक्तिको कानुनी पहिचान र अस्तित्वसँग जोडिएको हुन्छ । साथै यो व्यक्तिको राष्ट्रियता निर्धारण गर्ने मुख्य दस्तावेज हो । यसको अभावमा देशविशेषका नागरिकहरू आर्थिक, सामाजिक, सांस्कृतिक र राज्यद्वारा प्रदान गरिने संरक्षण, सुरक्षाजस्ता महत्त्वपूर्ण अधिकारहरूबाट वञ्चित हुन्छन् ।