अगन्धर तिवारी

अनुदानकै लागि फर्म दर्ता

कृषि र पशु विकासका क्षेत्रमा पछिल्लो समय सरकारले अनुदानका विभिन्न कार्यक्रम ल्याएपछि कतिपय व्यक्ति अनुदानकै लागि मात्र फर्म दर्ता गर्ने र केही समयपछि स्थगित वा व्यवसाय नै छाड्ने गरेको पाइएको छ । 

गाउँमै छन् दसैंलाई खसीबोका

यस वर्षको दसैं सुरु हुन एक साता मात्रै बाँकी छ । दसैंमा विशेषगरी खसीबोका र च्यांग्राको मासु खाने परम्परा छ । भारतीय बजारका खसीबोका र हिमाली च्यांग्रा पहाडी क्षेत्रका उपभोक्ताका मुख्य स्रोत हुन् । 

सरकारी भवनहरू भूक्षयको जोखिममा

सदरमुकाम कुश्माका केही सरकारी संरचना भूक्षयको जोखिममा परेका छन् । वर्षेनी जमिन भासिन थालेपछि जिल्लाको मूख्य प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयसमेत जोखिममा छ । 

चार स्थान डेंगुग्रस्त घोषणा

जिल्लाका ४ स्थानलाई डेंगुको प्रकोप क्षेत्र घोषणा गरिएको छ । सदरमुकाम कुश्मासहित मोदी गाउँपालिकाको तिलाहार, जलजला गाउँपालिकाको वारिबेनी र पैयुँ गाउँपालिकाको हुवासलाई डेंगुको जोखिमयुक्त क्षेत्र घोषणा गरिएको हो ।

सुल्झिएन स्थानीय तहको केन्द्र विवाद

आउँदो असोज ३१ मा स्थानीय तहको निर्वाचनको अढाई वर्ष पुग्छ । जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकामा आधा कार्यकाल सकिएको छ । तर जनप्रनिनिधिबीच मत नमिल्दा विकासको न्यूनतम खाका समेत तयार हुन सकेको छैन ।

अगन्धर तिवारीका लेखहरु :

सिंगो गाउँमा किवी खेती

यज्ञप्रसाद सुवेदीले धान फल्ने खेत मासेर किवीका बिरुवा लगाउने सल्लाह गर्दा परिवारमा ठूलै झगडा पर्‍यो । जलजला–५ का सुवेदीले ०६८ मा श्रीमती र बाबुआमासँग झगडै गरेर दुई रोपनी खेतमा किबी लगाएका थिए । 

विदेशको संघर्षपछि स्वदेशमा तरकारी

करिब अढाई वर्ष कतारमा संघर्ष गरेका पकुवाका गणेश पौडेल २ वर्षअघि गाउँ फर्किए । कतारमा गरेको संघर्षबाट पाठ सिकेका उनले गाउँमै केही गर्ने योजना बनाए । सजिलो उपाय रोजे, तरकारी । 

गाउँबाटै पाइने सेवा अर्को जिल्लामा

बालकृष्ण सापकोटा ३६ वर्षदेखिका व्यावसायिक गाईपालक किसान हुन् । फलेबास–५ खानीगाउँका उनले ०४० मा नारायणगढबाट हिंडाएरै ९ वटा गाई ल्याएर व्यावसायिक रूपमा पाल्न थालेका थिए ।

‘विभेदकारी ऐन सच्याऊ’

संघीय संसद्बाट पारित हुने चरणमा रहेको निजामती कर्मचारी ऐनले द्वन्द्व निम्त्याउने भन्ने कर्मचारीले जनाएका छन् । आइतबार १६ औं निजामती कर्मचारी दिवस मनाउने क्रममा जिल्लाका कर्मचारीले विभेदकारी ऐन ल्याउनु सरकारको त्रुटि भएको बताए ।

पहिरोमाथिको सडकले दिनहुँ सास्ती

कुश्मा–३ घुम्तीदेखि लाम्पाटा हुँदै कुश्माकै वडा नम्वर २ खुर्कोट र वडा १ पाङ जोड्ने सडक २०६५ मा राजनीतिक पहुँचका आधारमा जबरजस्ती खनियो । उतिबेला पाङ जोड्न कांग्रेस, एमाले, माओवादी र राप्रपाले छुट्टाछुट्टै सडक खनेका थिए । खुर्कोट र पाङबासीले दशकअघि सडक खन्नेक्रममै बिरोध गरेका थिए ।