सुबोध ढकाल

सुबोध ढकालका लेखहरु :

किन भासिँदै छ पोखरा ?

चौबीस घण्टामा २८० मिमिभन्दा बढी पानी परेपछि यही भदौ ७ गते पोखराको महेन्द्र पुल क्षेत्रमा जमिन भासियो । त्यसपछि पनि पोखराका अन्य भागमा यस्तै समस्या देखिइरहेको छ । लगभग प्रत्येक वर्ष नै विशेषतः बर्खाको समयमा पटकपटक पोखराको मध्यभागदेखि लिएर ठाउँठाउँमा जमिन भासिएको अथवा भ्वाङ परेको खबर सुन्दै आइएको छ ।

यसरी गरौं मेलम्ची विपत्‌को व्यवस्थापन

भ्रेमाथाङको भूबनोट तथा पहिरोजन्य सतही भौतिक प्रक्रिया, कुनै बेलाको पहिरोले खोला थुनेर बनाएको पोखरी र त्यसमा जम्मा भएको गेग्रान तथा पहिरोले जम्मा गरेको डेब्रिस फ्यान, खोलाले निरन्तर रूपमा झर्दै/गर्दै आइरहेको पहिरो र भीरको ‘टो’ कटिङ, भूस्खलन तथा यसले निम्त्याएका अन्य पहिरो, उपल्लो तटमा जलवायु परिवर्तनको असरले अहिले बढी सक्रिय देखिएका पेम्दाङ खोला र मेलम्ची खोलाका दायाँबायाँ बढेका सानाठूला पहिरो आदिको समग्र असरले गर्दा, आकलन गरिएजस्तै, मेलम्ची विपत्को सुरुआत भएको देखिन्छ ।

किन दोहोरिँदै छ मेलम्चीमा विपत् ?

प्रत्येक वर्षायाममा बाढीपहिरोको चपेटामा परी धेरै जनधनको क्षतिको नियति भोग्दै आएका हामीलाई यो वर्षको मनसुनको सुरुवातसँगै सिन्धुपाल्चोकको मेलम्चीमा भएको मानवीय र भौतिक क्षतिले निकै चिन्तित बनाएको छ ।

पहिरोको पूर्वसंकेत र जनधनको रक्षा

प्रत्येक वर्षायाममा पहिरोको चपेटामा परी धेरै जनधनको क्षति बेहोर्ने नियति भोग्दै आएका हामीलाई अहिलेको पहिरोको घटनाले अझै बढी चिन्तित बनाएको छ । यो किनभने अहिलेको समयमा जुन दरमा पहिरोहरू गइरहेका छन् र जसरी तिनले मान्छेको ज्यान लिइरहेका छन्, त्यो पहिलेभन्दा अलि बढी आक्रामक देखिन्छ ।

मनसुनी प्रकोप र हाम्रो तयारी

जब प्राकृतिक विपत्ति आइलाग्छ अनि मात्र यसको कारण र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामको लेखाजोखा सुरु हुनु हाम्रो देशको नियतिजस्तै बनिसकेको छ । जबकि गहन चिन्तन, अध्ययन, योजना, कार्यदिशाका साथै त्यसको उचित र प्रभावकारी कार्यान्वयनबाट मात्र यस्तो संवेदनशील तथा अति महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिन्छ ।