समर लभ’ ले तानिएका पाठक ‘साया’, ‘मनसुन’ सम्म आइपुग्दा प्रेमले दिक्क भइसकेका थिए । दिक्दारीले भागिसकेका पाठकलाई फेरि आफ्नै पोल्टामा पार्न सफल भए लेखक सुबिन भट्टराई उपन्यास ‘इजोरिया’ मार्फत । साहित्यको बजार तताएको उपन्यासले मलाई एक हप्तासम्म जनकपुरतिरै पुर्यायो । प्रेम कथालाई विषय बनाइरहने सुबिन यसपटक फरक विषय प्रवेश गरे, फरक भूगोलमा पनि ।