९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

शंकर अधिकारी

शंकर अधिकारीका लेखहरु :

जलविद्युत् र पर्यटन प्राथमिकतामा पर्नुपर्छ 

नेपालको अर्थतन्त्र संरचना विशिष्ट खालको छ । जीडीपीमा कृषिको योगदान महत्त्वपूर्ण छ । अहिले कृषिको योगदान घट्दै गए पनि सबैभन्दा बढी ३२ प्रतिशत योगदान छ । तर कृषि अझै निर्वाहमुखी नै छ । कृषि रुपान्तरणका कुरा धेरै भए । तर  प्रभावकारी काम गर्न सकेनौं ।

समाजवादको मार्गचित्र : भ्रम र यथार्थ

बाबुराम भट्टराई राज्यले औद्योगिक क्षेत्रमा लगानी गरी उत्पादन र रोजगारी बढाउनुपर्ने समाजवादी चिन्तनको भारी बोकेर अर्थमन्त्री भएका थिए । त्यसैले उनले दशकौंदेखि बन्द भएका सार्वजनिक क्षेत्रका उद्योगहरूमध्ये हेटौंडा कपडा, वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने उद्देश्यका साथ अध्ययन गर्न मसहित दुई सहसचिवको अध्यक्षतामा सञ्चालक समिति गठन गरी स्थलगत अध्ययनपछि प्रतिवेदन पेस गर्न लगाए ।

हाम्रो समस्या : वैचारिक जडता कि दलाल पुँजीवाद ?

विद्वान् नेता घनश्याम भुसाल भन्नुहुन्छ, ‘दलाल पुँजीवाद हाम्रो वर्तमान मात्र होइन, बरु सिंगो आधुनिक इतिहास हो ।’ अर्थात्, नेपालको मध्यकाल वा प्राचीनकालमा ‘दलाल पुँजीवाद’ थिएन । नेपालको आधुनिक इतिहास कहिलेदेखि सुरु भयो त ?