कुमारी लामा

दुई दशक, दुई घटना

एक झल्कोनमीठो साँझ भर्खरै बेहोरिसक्दा विगतको एउटा घटना तिखो बिझेको छ । हुन्छ नि घाउको पाप्रा कोट्याउँदाको कडा दुःखाइ ।

उल्टो समयमा नाङ्गेली चिन्तन

नाङ्गेली, एक दलित महिला जसले आफूहरूमाथिको मुलाक्करम (ब्रेस्ट ट्याक्स) को विरोधमा एक डरलाग्दो प्रतिरोध गरेकी थिइन्  । धेरै सुदूर समय हैन  ।

रिसमाथिको राजनीति

तपाईं धेरै रिसाउन थाल्नुभएको छ आजकल’ एक आत्मीय मित्रको गुनासो । साँच्चै ?’ अकस्मात् पाएको कमेन्टले अलिकति झस्कन्छु । ‘पहिला त यस्तो हुनुहुन्नथ्यो,’ उनको दाबी । उनीसँग छुट्टिएपछि भने असहजता बढेको छ । आफैंतिर हेर्छु, घोत्लिन्छु । उनको ‘पहिला त यस्तो हुनुहुन्नथ्यो’ ले नराम्ररी लखेट्दै छ । पहिला कस्तो थिएँ म ?

शरीर, साम्राज्यवाद र पुँजीवाद

एकातिर पितृसत्ता दृष्टिले महिला प्रयोग गरिने ‘जिनिस’ देख्छ भने अर्कोतिर पुँजीवादले पनि महिलालाई प्रयोगकै ‘वस्तु’ ठान्छ । आजको पितृसत्तात्मक पुँजीवादी समाजमा महिला फेरि पनि उनीहरूकै इच्छाअनुकूल प्रयोग गर्न सकिने वस्तुमा परिणत भएका छन् । 

कुमारी लामाका लेखहरु :

भक्ति र भोग

फरक सुगन्ध, धुन र माहोलसहित प्रत्येक वर्ष छिर्ने गर्छ दसैँ हाम्रो देशमा, घरमा अनि प्रत्येक मनमा पनि । यस वर्ष पनि सँघार नाघेर उक्लिसकेको छ स्त्रीशक्तिपूजक पर्व, दसैँ । अब केही समय मालश्रीमय हुनेछ समय । देशका प्रत्येक शक्तिपीठमा श्रद्धालुको भीड लाग्नेछ । पूजा हुनेछ स्त्री शक्तिको । नवरात्रभरि उपासकहरू नतमस्तक भई नवदुर्गाको आराधनामा तल्लीन हुन्छन् । देवी अर्थात् स्त्रीपूजनको एउटा गजबको कोलाज देखिन्छ जताततै ।

घेराबन्दीमा छोरीहरु

केही समयअघि एक मेडिकल कलेज सञ्चालकले मात्र होइन, सरकारकै एक मन्त्री (अहिले राजीनामा गरिसकेका) ले पनि बङ्गलादेशमा चिकित्साशास्त्र पढिरहेका छात्राहरूको मर्यादाको ख्यालै नराखी अत्यन्त गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिए ।

मञ्च राजनीति

संगीन विषय भएको छ महिला सहभागिताका कुरा । बारम्बार उठ्दै छ प्रश्न सार्वजनिक मञ्चमा महिलाहरूको एकदमै न्यून उपस्थितिका विषय । महिला वक्ता नराखिएका साहित्यिक कार्यक्रमहरूमा सहभागिता नजनाउने प्रतिबद्धता गर्नेहरूको पनि सूची लम्बिँदै छ । हरेक क्षेत्रका महिलाहरू आफ्नो स्पेस खोजिरहेका छन् र आवाज मुखरित गरिरहेका छन् । तर यति हुँदाहुँदै पनि फेरि उनीहरू मञ्चहरूबाट टाढाटाढा नै छन् ।