१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जीवनमणि पौडेल

जीवनमणि पौडेलका लेखहरु :

बाढीलाई यसरी पनि बुझ्ने कि ?

वर्षायामको सुरुआतसँगै केही वर्षयता हामी भारी वर्षा, बाढी, पहिरो लगायतका प्रकोपहरूको सामना गरिरहेका छौं । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूका प्रतिवेदनमा उल्लेख भएका तथ्यांक हेर्दा नेपालमा हरेक वर्ष औसत १७० देखि २०० जनासम्म मानिसको मृत्यु बाढी र बाढीजन्य घटनाहरूका कारण हुने गरेको छ ।

जातजातिको वर्गीकरणमा मानवशास्त्र

नेपालमा जनगणनाको सुरुआत विक्रम संवत् १९६८ मा भए पनि वैज्ञानिक रूपमा भने २००९–१० सालदेखि मात्र थालिएको हो । यद्यपि हालको राष्ट्रिय तथ्यांक कार्यालयले जातजातिगत विवरण भने २०४८ सालको जनगणनादेखि मात्र लिन थालेको हो । यस जनगणनाले नेपालमा बसोबास गर्ने अन्य समूहबाहेक जम्मा ६० जातजातिको विवरण संकलन गरेको थियो ।

हिमालको संरक्षण

कुनै समय हिमाल भन्नेबित्तिकै देवीदेवताको बासस्थान बुझिन्थ्यो । मानवबस्ती हिमालभन्दा धेरै टाढा थिए । त्यसैले हिमाललाई डरलाग्दो, अप्ठ्यारो तथा अनकण्टार भनिन्थ्यो । यसलाई कुल्चन पनि डराउँथे । टेक्नैपरे क्षमा पूजा गरिन्थ्यो । प्रसिद्ध मानवशास्त्री टिम इन्गोल्डले भनेझैं सायद हिमाललाई पूजा गर्ने संस्कृतिको जग मानव अनुभूतिकै उपज थियो । यो संस्कृति अद्यापि जीवित छ ।

चौंरीगोठहरूमा पर्यटकीय सेवाको सम्भावना

२०७८ वैशाख १ गते पाँचथरको फालेलुङ्गको फालोटमा चौंरी महोत्सव हुँदै थियो । नेपालीटारका चौंरीपालक किसान थर्कप्रसाद गुरुङको गोठ पाहुना घरमा बिहानको चिया र खाजा खाएर विस्तारै हामी महोत्सव आयोजना स्थलतिर जाँदै थियौं । हिमाली खर्कहरूमा चौंरी धपाउँदै गोठालाहरू पनि त्यतै लाग्दै थिए ।

गणतन्त्रमा वंशवाद

स्थानीय चुनावसँगै नेपालको राजनीतिक वृत्तमा एउटा सामाजिक विषयवस्तुले निकै चर्चा पाएको छ, त्यो हो— उम्मेदवारी छनोटमा परिवारवाद र नातावाद । नेपालको मात्र नभई दक्षिण एसियाकै राजनीतिमा नातावाद र परिवारवाद पुरानै, संस्थागत रोग हो । चाहे भारत होस् वा श्रीलंका, पाकिस्तान र बंगलादेश, सबै मुलुकका सत्ता र राजनीतिक शक्तिको केन्द्रमा पारिवारिक विरासतको दबदबा छ । भारतमा भने बिस्तारै यो पतनोन्मुख देखिँदै छ ।

भुइँमान्छेका भोगाइ

साउनको अन्त्यतिर । आकाशमा कालो बादल मडारिएको थियो । मनाङको नासों उपत्यकामा जलवायु परिवर्तनसम्बन्धी भुइँमान्छेका अनुभवजन्य ज्ञान, बुझाइ र अनुकूलन शीर्षकमा विद्यावारिधिका लागि सूचना संकलन गर्दै थिएँ । यो २०६९ सालको कुरा हो ।

सहरमा अर्गानिक खानेकुरा

फ्रान्सेली दार्शनिक पिअर बोर्दिउ भन्छन्— बजारले सोच, विचार र मनोवृत्तिलाई पनि वस्तुसँगै पोको पारेर बिक्री गर्ने गर्छ । नेपाली सहरबजारमा अर्गानिकका नाममा खुलेका पसलहरूले अर्गानिक खानेकुराहरूको व्यापार मात्र गरिरहेका छैनन्, सहरियाहरूको खानेकुराप्रतिको सोच, विचार र मनोवृत्तिलाई पनि वस्तुसँगै पोको पारेर बिक्री गर्ने प्रयास गरिरहेका छन् ।

मनसुनपछि बाढी र हाम्रो चूक

नेपाल सरकारको आधिकारिक संस्था जल तथा मौसम विज्ञान विभागले गएको असोज २३ मा गत वर्षभन्दा आठ दिन ढिलो गरी पश्चिम नेपालबाट मनसुन बाहिरिएको सूचना सार्वजनिक गर्‍यो । त्यसको दुई दिनपछि विभागले नेपालको पूर्वी भागबाट पनि यस वर्षको मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ भन्ने सूचना निकाल्यो ।

पुँजीवादको ‘चक्रबीउ’ मा प्रकृति

सहरका लागि तरकारी केलाउँदा निस्केका बोक्रा र पातहरू फोहोर भएका छन् । फोहोर संकलकहरू कुन दिन आउँछन् र दिउँला भनी सहर कुरेर बसेको हुन्छ । तर गाउँका लागि ती कहिल्यै फोहोर भएनन्, न त गाउँ तिनलाई पोको पारेर कहिले फोहोर संकलक आउलान् र दिउँला भन्दै कुरेर नै बस्यो ।

के सिक्ने हिमालको बाढीपहिरोबाट ?

नेपालमा यो वर्ष औसतभन्दा धेरै पानी पर्ने अनुमान मौसमविज्ञहरूले केही महिनाअघि नै गरिसकेका थिए । नभन्दै यस वर्ष असार महिना लाग्दा–नलाग्दै मुसलधारे पानी पर्‍यो । यसले केही हिमाली र पहाडी जिल्लाहरूमा ज्यादै ठूलो मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍यायो ।