२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विद्यानाथ कोइराला

विद्यानाथ कोइरालाका लेखहरु :

शिक्षा ऐनका गोधूलि मुद्दाहरू

बाउन्न वर्षपछि नयाँ शिक्षा ऐन आउँदै छ । बजारमा अनौपचारिक विधेयकहरू छन् । विभिन्न संस्करणका ती विधेयकले जनमानसलाई तताएका छन् । तात्नेहरूमा निजी विद्यालय सञ्चालक छन् । सार्वजनिक विद्यालयका शिक्षक छन् ।

शासकलाई प्रश्नैप्रश्न

जनतालाई प्रथम मान्छौं ?ऋग्वेदको १०.१७३—१७५ ले जनतालाई प्रथम मानेको छ । राजालाई शासक ठानेको छ । राजा व्यक्ति होइन । पदवी हो । त्यो पदवी लिन जनतालाई खुसी पार्नुपर्छ । जनता भनेको प्रकृति हो । सोही ग्रन्थको १०.१२४.८ मा निर्वाचित राजाको प्रावधान छ । अथर्ववेदको ३.४.२ मा पनि निर्वाचित राजाकै व्यवस्था छ ।

तेस्रो उमेरको विश्वविद्यालय

तेस्रो उमेर वैदिक पुर्खाले सय वर्षलाई पूर्ण उमेर माने । जिवेम शरदः शतम् । यसकै आधारमा २५ वर्षे उमेर समूह बनाए । ब्रह्मचर्य पहिलो उमेर हो । पढ्ने बेला । गृहस्थाश्रम दोस्रो उमेर हो । घरबार गर्ने बेला । वानप्रस्थ तेस्रो उमेर हो । घरबारसँग मोहभंग गर्ने बेला । संन्यास चौथो उमेर हो । 

दुईपुस्ते शिक्षणमै कति रमाउने ?

कुन पुस्ते शिक्षण गर्ने ?हामी दुईपुस्ते शिक्षण प्रणालीमा अभ्यस्त छौं । रोमन अक्षरको यू प्रणाली । किसानी शब्दावलीमा फाली अड्याउने करुवा प्रणाली । शिक्षक एउटा पुस्ता । विद्यार्थी अर्को पुस्ता । पश्चिमी दुनियाँले करुवा प्रणालीमा खोट देख्यो । सन् २००७ मा अमेरिकाको बोस्टन सहरका केही स्कुलका विद्यार्थीले करुवा प्रणाली तोडे । त्यस क्रममा तिनीहरू समुदायमा गए । बहुपुस्तासँग भेटघाट गरे ।

अपेक्षित विश्वविद्यालयहरू

पुस्ता छुट्याउने कि ?वैदिक पुस्ताको बेनामी विश्वविद्यालयले परा तथा अपरा विद्या सिकाउँथ्यो । परा भनेको ब्रह्म ज्ञान हो । विज्ञानको शब्दावलीमा तरंग बुझ्ने ज्ञान हो । तरंग, मन तथा पदार्थको अन्तरसम्बन्ध बुझ्ने ज्ञान । अर्थात् क्वान्टम विज्ञान, संज्ञान विज्ञान तथा पदार्थ विज्ञानको एकीकृत ज्ञान ।

वादी बन्यौं-बनायौं किन ?

इड भन्छन्- अचेतन अवस्थामै हामी वादी बन्छौं । आफ्ना कुराको प्रमाणका लागि । आफ्नो प्रतिरक्षाका लागि । जोन बोल्वी पनि फ्राइडको प्रमाणका लागि वादी बन्ने कुरा स्विकार्छन् ।

विद्यार्थी युनियन : कता लाने, कता जाने ?

हतियारी जन्मनेपाली इतिहासले भन्छ- विद्यार्थी युनियन हतियारका रूपमा जन्मियो । जन्माइयो । दलीय आन्दोलनका लागि । तिनको काम बन्यो- दलको सिद्धान्त बोक्नु । बोकाउनु । दलले उठाएका मुद्दामा आन्दोलित हुनु । दलले लाए–अह्राएको काम गर्नु । गराउनु । जयतु संस्कृतम् पहिलो उदाहरण हो ।

राजनीतिक दलहरूले सिर्जेको दलदल

दलीय विश्वासले काम गरेको छ त ?निर्वाचन आयोगमा दर्ता भएका सयभन्दा बढी दल छन् । एक दर्जनजति दलहरू निष्क्रिय छन् । हालको निर्वाचनमा भाग लिएका दलहरूमध्ये १२ वटा संसद्मा छन् । सात दल मात्र राष्ट्रिय दल बनेका छन् । ती दलहरूलाई केशव दाहाल (कान्तिपुर, २०७९ मंसिर २३) ले छ वटा समूहमा बाँडेका छन् । उनका अनुसार नेपाली कांग्रेसले लिएको उदार लोकतान्त्रिक धार हो ।

आइतबारे बिदा : केही झार्ला त ?

बिदाको इतिहासले के भन्छ ?यहुदीहरू बाइबलको ओल्ड टेस्टामेन्ट मान्छन् । त्यहीँ जेनिसिसको १ र २ ले भन्छ- परमेश्वरले पहिलो दिन उज्यालो र अँध्यारोको सृष्टि गरे । दोस्रो दिन स्वर्ग र पृथ्वीको । तेस्रो दिन जमिन र बिरुवाको । चौथो दिन दिन र रातको । पाँचौं दिन समुद्र र हावाको । छैटौं दिन अरू जीवको । सातौं दिन परमेश्वरले साबाथ लिए । साबाथ भनेको आरामको दिन हो । त्यसैले यहुदीले त्यस दिनलाई सुत्ने दिन माने । आरामको दिन । क्रमशः उनीहरूले शुक्रबारको सूर्यास्तदेखि आइतबारको सूर्यास्तसम्मलाई बिदाको दिन बनाए । साबाथको दिन । 

केमा निरन्तरता, केमा क्रमभंग ?

ऐतिहासिक नेपालको निरन्तरता अथर्ववेदको परिशिष्टमा नेपालको नाम उल्लेख छ । अथर्वशीर उपनिषद्मा पनि नेपालको नाम छ । नामको व्याख्याले भन्छ— नेपाल ज्ञानभूमि हो । शान्तिभूमि हो । तपोभूमि हो ।