१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नीरा अधिकारी

नीरा अधिकारीका लेखहरु :

श्रम बजार र अपांगता भएका महिला

पछिल्लो समय महिला अधिकारका लागि विभिन्न अभियान सुरु भएका देखिन्छन्— विकासमा महिला, महिला र विकास, लैंगिक विकास, मानव विकास आदि । यिनमा अपांगता भएका महिलाहरूको अन्तरखण्डीकरण (इन्टरसेक्सनालिटी) र लैंगिकताको सवाल कहाँनेर छ ? अपांगता भएका महिलाको अवस्था श्रमिक महिलाका रूपमा कहाँनेर भेट्न वा देख्न सकिन्छ त ? यहाँ यसैको उत्तर खोज्ने प्रयास गरिएको छ ।

अपांगता भएका व्यक्तिहरूलाई भत्ता कि रोजगारी ?

अशक्त/असहाय, अपांगता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग आदिको सुरक्षा गर्नु राज्यको दायित्व हो । नेपालको संविधानको धारा ४३ ले आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनेको छ । त्यसैले नेपालमा सामाजिक सुरक्षालाई व्यवस्थित बनाउन विभिन्न उपाय अवलम्बन गरिएको छ ।