पुरुषोत्तमलोचन श्रेष्ठ

पुरुषोत्तमलोचन श्रेष्ठका लेखहरु :

‘दुरू–फकं’ को दुःख

सभ्यता जति उत्कर्षमा पुग्छ, महामारी उति नै प्रचण्ड भएर फैलिन्छ । कोरोना अनुभूतिलाई विगतका महामारी र दुर्भिक्षहरूसित जोडेर हेर्दा यी दुवै एकपछि अर्को गरी प्रायः सँगसँगै आउने जुम्ल्याहा दैत्यदेव रहेछन् भन्ने आभास हुन्छ ।महामारीका दुई रूप देखापर्छन्— प्रकृतिउत्पन्न र मानवनिर्मित । दोस्रोचाहिँ शत्रु–देशलाई परास्त गर्न जैविक हतियारको रूपमा प्रयोगमा ल्याइन्थ्यो ।

पाँचतले मन्दिरका अनौठा कुरा

समय परिस्थितिले कोल्टे फेर्दा भ्यागुतोले पनि हात्ती निल्न भ्याउँछ, एक्लो सिंहलाई पनि स्यालहरूको समूहले सजिलै सिध्याउँछन् र लामखुट्टेले पनि हात्तीका चारवटै खुट्टा च्याप्प समाएर हल्लाई हल्लाई खान्छु भन्छन्  । (श्रेष्ठ, ‘भैरवचोकका कलाकृति’, भक्तपुर ः १/१७/२०५५) यी कुरा पत्याउनुहुन्न भने भक्तपुर राजदरबारको भैरवचोकमा जानुहोस्  ।

भक्तपुरे रानीपोखरी 

भौतिक सम्पदा निर्माण गरेसँगै त्यसलाई अभौतिक सम्पदाले समेत अपरिहार्य रूपमा सांस्कृतिकीकरण गर्दै लानु नेपाली संस्कृतिको अतुल्य विशेषता रहेको छ । प्राचीन/मध्यकालीन सहरी सुन्दरता र प्रतिष्ठालाई आज पनि उत्तिकै बढाइरहेका तात्कालिक नेपालमण्डल (काठमाडौं उपत्यका) का अन्य पोखरीलगायत भक्तपुरको रानीपोखरी पनि यस कुराको अपवाद होइन ।