अविनाश श्रेष्ठ

अविनाश श्रेष्ठका लेखहरु :

इबरा : केही फुटकर सम्झना

इन्द्रबहादुर राईबारे आजभन्दा झन्डै पैंतीस वर्षअघि मैले लेखेको थिएँ : ‘इन्द्रबहादुर राई हाम्रो युग र समयले जन्माएको सबैभन्दा ठूलो प्रतिभा हुनुहुन्छ । लेखनाथ, सम, देवकोटाको हाराहारी राख्न सुहाउने अहिले हामीसित इन्द्रबहादुर राई एउटै मात्र नाम छ । अहिले हामी इन्द्रबहादुर राईको समयमा बाँचिरहेका छौं । यो कुरा भोलि हाम्रा निम्ति गौरवको विषय बन्नेछ ।’

बुद्धजङ रायमाझीको सक्कली सानो जीवन–चरित्र

कथाको पात्र/चरित्रलाई कथाकै पात्र सम्झेर–बुझेर पढेको वेश । कथाका पात्रमा यथार्थ व्यक्ति खोज्न–खोतल्न थालियो भने पुगिने— विभ्रम, शंका र अराजकतामा हो । तर, यसो भनिरहँदा कथा कल्पित कुरो मात्र हो भन्ने मेरो आशय कदापि होइन । कल्पित कुरो भए पनि कथा वास्तविकताको धरातल टेकेरै उभिएको हुन्छ । मैले पहिले पनि पटक–पटक भनेको छु र फेरि पनि भन्दै छु— कथा अवास्तविक वास्तविकता हो;— अवास्तविक वास्तविकता मान्छेको, समाजको साथै मान्छे र समाजको सामुहिक अन्तरमनको पनि ।

प्रलयको पदचाप !

तपाईं–हामीले सोचेको भन्दाअलि फरक शैलीमा आउनेछ प्रलयचुपचाप–चुपचापप्रलयको कतै नसुनिने बहिरो पदचाप !