स्वीकृति बराल

स्वीकृति बरालका लेखहरु :

ऊ सिक्दै छ

ऊ बल्लतल्ल जग उचालेर हिँड्नै के लागेको थियो, अनियन्त्रित भयो । जग हातबाट फुत्कियो र पानी छताछुल्ल भयो । सिसाको जग फुटेको आवाजसँगै निक्लन थाले अन्य आवाज । एउटाले भन्यो, ‘नसक्नेले किन उठाउनुपर्थ्यो?’ अर्कोले भन्यो, ‘बढी जान्ने हुनुपर्छ यसलाई आजभोलि ।’ अझ अर्कोले थप्यो, ‘भनेको काम केही गर्नु छैन । खाली बिगार्ने मात्रै काम गर्छ ।’

अनुभूति : मैले हजुर किन भन्ने ?

त्योदिनभन्दा अगाडि म कहिल्यै झिसमिसेमा उठेकी थिइनँ  । अचम्मै भयो एकाबिहानै आँखा खुले  । मन डराएजस्तो भयो– उठ्न ढिलो भयो कि भनेर । त्यो घरमा मेरो पहिलो दिन थियो । विवाहका काम सबै झन्झटिला हुन्छन् । थकित थिएँ । उठ्न मन पटक्कै थिएन । न त उठिहालौँ भन्ने उत्सुकता नै थियो मनमा तर जुरुक्क उठेँ ।

ऊ जान्ने कि म ?

एक दिन उसँग कुरा गर्दै थिएँ । कुरैकुरामा मैले उसलाई सोधेँ, ‘तिमी ठूलो भएपछि के गर्छौ ?’ उसले पनि मीठो तोतेबोलीमा जवाफ दियो, ‘मामू म ठूलो भएपछि अफिस जान्छु अनि हजुरलाई धेरै चकलेट ल्याइदिन्छु ।’ सानो बच्चाले माया गर्दै त्यसो भनेको सुन्दा सारै मजा लाग्दो रहेछ ।

एक छिन पढ्न बस्दा

बिहानदेखि घरको काममा व्यस्त थिएँ साझैंसम्म  । अब चाहिँ एक छिन टीभी हेर्छु भनेर खोलेकी मात्र के थिएँ ऊ प्याच्च बोल्यो— यसो पढेलेखे पो हुन्छ  ।