२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ब्रजेश

लेखक ब्रजेशका 'यायावर', 'जुनेली' र 'साइड हिरो'लगायतका कृति प्रकाशित छन् ।

ब्रजेशका लेखहरु :

मलाई नजन्माएका बा-आमा

सन् २०१८ । बैंग्लुरु माथिको आकाश, नेपाल एयरलाइन्सको जहाज । बैंग्लुरुको क्याम्पेगोडा विमानस्थलमा अबको केही बेरमा हामी अवतरण गर्दै छौं भन्ने परिचालिकाको यान्त्रिक स्वरले यात्रुहरू जुर्मुराउन थाले । मैले पनि आङ र गोडा इकोनोमी सिटको परिधिले अनुमति दिनेसम्म तन्क्याएँ । विमानको उडानको उचाइ घट्दै थियो । म यसभन्दा अघि नआएको बैंग्लुरु सहर देखिन थाल्यो ।

साइकलमा त्यो लङ टुर’ 

हामी दुवै जना बेस्मारी थाकिसकेका थियौं । शरीरमा बल नै बाँकी थिएन । सम्भवतः अक्सिजनको पनि कमी भएको हुनुपर्छ । स्याँस्याँ गरेर लामोलामो सास फेर्दै हामीले एकअर्कालाई हेर्‍यौं । दुवैको आँखामा मौन प्रश्न पौडी खेलिरहेको थियो, ‘के गर्ने ? परित्याग गरेर फर्कने वा निरन्तरता दिने प्रयत्न ?’ 

रेडियोदेखि रेशमसम्म !

मेघालय, शिलाङ– सन् २००२शिलाङको प्रख्यात पुलिस बजारभन्दा अलि माथि एउटा युथ होस्टलको ठूलो कोठा । लहरै खाटहरू बिच्छ्याइएका थिए । ती खाटमा लमतन्न परेका थियौं हामी करिब सात–आठ जना मनुवाहरू । म, नेपथ्यका अमृत गुरुङ, नेपालयका किरणकृष्ण श्रेष्ठ र अर्पण शर्मालगायत अरू । अर्को त्यत्रै ठूलो कोठामा समूहका अरू साथीहरू थिए । हामी नेपथ्यको कन्सर्टका लागि शिलाङ पुगेका थियौं । शिलाङमा पाइला टेकेकै बेला त्यतिबेला स्थिति सहज थिएन भन्ने कुरा हामीलाई त्यहाँका आयोजकहरूले बताइसकेका थिए ।

बच्चुकैलाश, वाईएस मुल्की, पाबुङ

म बच्चुकैलाशको ठूलो प्रशंसक हुँ । त्यसैले उनीप्रति आदर र सम्मानको रूपमा म कार्यक्रममा उनको एउटा गीत गाउन चाहन्छु । कसो होला ?’ उनले शालीन स्वरमा विनम्रतापूर्वक प्रश्न गरे । उनी दुब्ला पातला थिए । उनको कपाल फुलिसकेको थियो । चाउरीका केही मुजाहरूले उनको अनुहारमा अधिकार जमाउन थालिसकेका थिए । तर, उनी तेजिला थिए । फुर्तिला थिए । उनको खास नाम त त शान्तनुकुमार लिम्बू हो । मणिपुरका नेपालीभाषी गायक । तर, उनी पाबुङ भनेर बढी चिनिन्थे । पाबुङ त्यहाँको भाषामा माया र आदरको शव्द रहेछ । त्यसैले सबैले उनलाई पाबुङ भनेर बोलाउँदा रहेछन् ।