दधि अधिकारी

दधि अधिकारीका लेखहरु :

बिग्रँदो अर्थतन्त्र, हतास मनस्थिति

घट्दो विदेशी मुद्राको सञ्चिति, बढ्दो व्यापार घाटा र श्रीलङ्काको वित्तीय संकटबाट आँत्तिएर नेपाल सरकारले दुईवटा नीतिगत निर्णय गर्न लागेको सुनिएको छ । पहिलो नीति‚ केही वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउने र दोस्रो‚ आइतबार पनि सार्वजनिक बिदा दिने ।

बजेट निर्माण : घट्दो वित्तीय स्वतन्त्रता, बढ्दो जिम्मेवारी

कोभिड–१९ को असरबाट केही राहत र एमसीसीको अनुमोदनपश्चात् राज्य अहिले बजेट निर्माणको चरणमा प्रवेश गरेको छ । अबको केही हप्ता देशमा छलफलको विषय बजेट हुनेछ । अर्थ मन्त्रालय र संसद्को अर्थ समितिले सरोकारवालाहरुसँग बजेटमा के कस्ता विषय समावेश गर्नु पर्ला भनी कर्मकाण्डीय रुपमा भएपनि छलफल सुरु भएको छ । यद्यपि, नेपालको सन्दर्भमा बजेटमा कार्यक्रम राख्दैमा ती कार्यक्रमहरु लागू हुन्छन् भन्ने छैन । तर, पनि परम्परागतरुपमा छलफल हुने विषयहरुमा मुख्यतः बजेटको आकार, पेशागत समूहहरुका माग र केही सीमित कार्यक्रमहरु पर्छन् ।

दाहालको प्रतिवेदन : शब्दजालले रचिएको भुलभुलैया

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन चलिरहेको छ । केही दिन पहिलेमात्र सम्पन्न नेपाली कांग्रेस र एमालेका महाधिवेशनहरुलाई सिद्धान्तविहीन जमघट भनी आरोप लगाइरहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सैद्धान्तिक आधार भनेर ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा ४५ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । देशको तेस्रो ठूलो पार्टीको महाधिवेसनमा प्रस्तुत गरिएको राजनीतिक र आर्थिक दस्तवेजमा भएका कुराहरुको राष्ट्रियस्तरमा चर्चा/परिचर्चा हुनु स्वाभाविकै हो ।

लगानीमा स्रोत नखोजिनु कति जायज ?

भारतका एक प्रखर वक्ता, कवि, प्राज्ञ तथा राजनीतिज्ञ डा. कुमार विश्वासले भनेका छन्, ‘भारतमा मानिसलाई दस करोड कमाउन निकै गाह्रो छ । तर दस करोडलाई सय करोड बनाउन निकै सजिलो छ ।’ उनको आशय जब मानिसले दस करोड कमाउँछ त्यसपछि उसले त्यो धन प्रयोग गरेर प्रशासन, राजनीति, कानुन सबै कुरा किन्छ र सजिलै सय करोड बनाउँछ ।

युवाको दृष्टि : नेता होइन नीति

भनिन्छ, राजनीतिमा शक्ति र पद कसैले दिएर प्राप्त हुँदैन, यो त छिनेर लिन सक्नुपर्छ । तर छिन्ने तरिका भने समाज र देशअनुसार फरकफरक हुन्छ । भारतको विहारमा कुनै समय निकै शक्तिशाली मानिने पप्पु यादव र अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले शक्ति र पद प्राप्त गर्न प्रयोग गरेका विधि र प्रक्रिया नितान्त फरक छन् ।

साहित्य र अर्थशास्त्रमा भावनाले कस्तो भूमिका खेल्छ ?

‘मनोवैज्ञानिकहरूले डर, खतरा, रिस, आश्चर्य, खुशी, उदासी, अपमान, लाज, गर्व, सन्तुष्टि र मनोरञ्जनलाई मानिसका ११ आधारभूत भावना (इमोसन) को रूपमा लिएका छन् । यी भावनाका सम्मिश्रणबाट मानिसमा अन्य प्रकारका भावनाहरू पनि पैद हुन्छन् । मानिसमा उत्पन्न हुने यी भावनाले साहित्य र अर्थशास्त्रमा कस्तो प्रभाव पारेको हुन्छ ? यदि दुवैमा भावनाको महत्व हुन्छ भने के साहित्य र अर्थशास्त्र एकै कुरा हुन् त ?’ अर्थशास्त्री रिचार्ड ब्रोङ्कले ‘द रोमान्टिक इकोनोमिस्ट’ किताबमा लेखेका छन् ।