प्रदेश १ ब्युरो

स्थानीय तहमा बजेट खर्च : बाँडीचुँडी भए मिल्ने, नभए भिड्ने

स्थानीय तहमा बजेट खर्च गर्ने क्रममा जनप्रतिनिधिबीच विवाद हुँदा विकास निर्माणका काम प्रभावित हुने गरेका छन् । कतै भने जनप्रतिनिधि र अरू पार्टीका प्रतिनिधिले मिलीजुली काम गर्ने गरेका छन् । केही स्थानीय तहमा बहुमतको आडमा पेल्ने गरिएको जनप्रतिनिधिको गुनासो छ ।

जनशक्ति अभावमा डेंगु नियन्त्रण विफल

मुलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण प्रयास विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् भने वैशाखदेखि असारसम्म ४२ जिल्लाका ३ हजार ४ सय २५ जनामा डेंगु संक्रमण पाइएको छ । संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ । नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले तत्कालै यो रोग नियन्त्रण हुनेमा समेत आशंका छ । 

खडेरीले खायो बाली

असार तेस्रो साता बितिसक्दा अधिकांश खेत बाँझै छन् । मकैका बिरुवा बारीमै सुकेका छन् । प्रदेश १ का १४ वटै जिल्ला चर्को खडेरीको मारमा छन् । अहिलेसम्म १८ प्रतिशतभन्दा रोपाइँ हुन सकेको छैन । 

प्रदेश १ ब्युरोका लेखहरु :

प्रधानमन्त्री रोजगार कार्यक्रम : झार उखेल्दै, नाला सफाइ गर्दै

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेश १ का विभिन्न जिल्लामा काम सुरु भएको छ । छानिएका अधिकांश कामदारलाई सडकका झार उखेल्ने, नाला सरसफाइ गर्ने, झाडी फाँड्ने, विद्यालयमा रंगरोगन, भत्किएका पुल–पुलेसा मर्मत, सडकका खाल्डा पुर्नेजस्ता काममा लगाइएको छ । कतिपयले रोजगारीका नाममा अरूले गरेको फोहोर सफा गर्न लगाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

जसको पानी चल्दैन...

मोरङको जहदा गाउँपालिका–३, जयरामपुरका घुरण ऋषिदेवकी छोरी रनियाकुमारी र स्थानीय सन्थाल समुदायका लालो मुर्मुले प्रेमविवाह गरे । तल्लो जातिसँग बिहे गरेको भन्दै ऋषिदेव समुदायले रनियालाई माइतीघर आउन रोक लगाएको छ । विवाह गरेदेखि उनले परिवारका सदस्यसँग बोल्नसमेत पाएकी छैनन् । 

गुलजार गाउँ, सुनसान सदरमुकाम

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारमा घडेरीको मूल्य अकासिएको छ । गाउँपालिका हुनुअघि र पछिको अवस्थामा ठाउँअनुसार आनामा ५० हजारदेखि एक लाखसम्मकै अन्तर आइसकेको छ ।

जनप्रतिनिधि रिक्त हुँदा काम प्रभावित

सुनसरीको धरान उपमहानगरका मेयरको निधन भएपछि उपमेयरको काँधमा दोहोरो जिम्मेवारी आएको छ । संखुवासभाको मकालु गाउँपालिका अध्यक्षको निधनपछि एक वर्षयता गाउँ नेतृत्वविहीन छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका पनि अध्यक्षविहीन छ ।

मुद्दा खेप्दै जनप्रतिनिधि

स्थानीय तहमा जनप्रतिनिधि बहाल भएपछि विकास निर्माणका थुप्रै काम सुरु भएका छन् । केही ठाउँमा विवाद देखिएको छ भने धेरैतिर जनप्रतिनिधिले अनियमितता गरेको गुनासो बढेको छ । विवाद र अनियमितताका मुद्दा परेर कतिपय जनप्रतिनिधि अदालतलगायतका निकाय धाइरहेका छन् ।