अर्जुनबाबु माबुहाङ

अर्जुनबाबु माबुहाङका लेखहरु :

९ लाख किराती हुनुका दुःख

प्राचीन नेपालका किरात २०६७/६८ तिर कवि मात्रै थिए– उपेन्द्र सुब्बा । उनी तिखेदेवल बस्थे । तिखेदेवल बोलाएर उनले मलाई नाहाङ्मा (घरमूलीको शिर उठाउने पूजा) गर्न लगाए । मित्र दिलविक्रमजीले भाले च्यापेर बसिरहेका थिए । थान राखियो । पापो—आङ्देम्बेहरूको नाहाङ्मा मुन्धुम (सामाजिक इतिहास) फलाक्न थालियो । मैले ताप्लेजुङको सिङ्सादेन (जौको खेतीे), तोक्पेगोला (तिब्बत र नेपालको अन्न/भात बेच्ने बजार) हुँदै सोदुङ वरक ( तोक्पेगोलामा अवस्थित सृष्टि पोखरी) देखि मुन्धुम उठाएँ र पाँचथरको आङ्साराङसम्म पुर्‍याएर कविज्यूको शिर उठाएपछि रोकिएँ ।

सिरिजङ्गालाई किन चाहियो फुर्का ?

पाण्डुलिपिमा सिरिजङ्गासिरिजङ्गाबारे जानिफकारहरू काबेलीखोला, तावाखोला, इङ्वाखोला, हाप्पुखोला, सिक्किम मार्तामको रेस्सीखोला र कालेजखोलाको दोभानजस्ता ठाउँहरू सिरिजङ्गाका बासस्थान भएको सुनाउँछन् । सिनाम–तेल्लोक वरिपरि सिरिजङ्गाले साप्लालुङ/शीला काबेली र हाप्पुखोलाको दोभानमा आफैंले लिपि कोरेको ढुंगा लुकाएको चर्चा आज पनि सुनिन्छ ।

तोङ्बाको बिर्कोले छोपेको पूर्वको इतिहास

लेखक भगिराज इङ्नामको किताब ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (संवत् १७१९–२०२०)’ ले २०७७ सालको मदन पुरस्कार पाएको छ । इङ्नामले सात वर्षभन्दा बढी समय खर्चिई ऐतिहासिक सामग्री संकलन गरेर ९१६ पृष्ठको यो किताब तयार गरेका हुन् ।