देवेन्द्र भट्टराई

देवेन्द्र भट्टराईका लेखहरु :

सरकारले भारतलाई दियो लिपुलेकबारे 'कूटनीतिक नोट'

अतिक्रमित नेपाली भूमि हुँदै चीन प्रवेश गर्ने सडकमार्ग विस्तार गरिरहेको भारतलाई ‘कडा असन्तुष्टि र आपत्ति’ जनाउँदै परराष्ट्र मन्त्रालयले ‘असन्तुष्टि पत्र’ पठाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा बोलाई ‘कूटनीतिक नोट’ बुझाएका हुन् ।

‘लिपुलेकमा सरकारको भूमिका लाचार छायाजस्तो’

डा. महेशकुमार मास्के चीनका लागि पूर्व नेपाली राजदूत हुन् । लिपुलेक नेपाली भूभाग भएकाले यसलाई ‘चीन–भारतको द्विपक्षीय नाका उल्लेख नगर्न’ चीनलाई दबाब दिनुपर्ने उनको धारणा छ । मास्केका अनुसार लिपुलेकलाई त्रिपक्षीय सीमाविन्दु मानिनुपर्ने नेपालको अहिलेको जुन माग छ, त्यो नै सही छैन ।

‘नेपाल जान सकिन्छ भन्‍ने भ्रम फैलाइएको रहेछ’

सन् २०१६–२०१८ मा सक्रिय नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) का सदस्य नीलाम्बर आचार्य १५ महिनादेखि भारतका लागि राजदूत छन् । यसअघि श्रीलंकाका लागि (१९९६–२०००) राजदूत बनिसकेका आचार्य नेपालको नागरिक समाजमा पनि चिनिएका अभियन्ता हुन् ।

‘बाहिरी विश्‍वसँग सहयोग माग्‍ने बेला होइन यो’

महामारीका रूपमा फैलिएको कोरोना संक्रमणका माझ राज्यको प्राथमिकता आमसरोकारभन्दा पर्तिर बहकिएर आफ्नै स्वार्थलाभमा रुमल्लिएको स्थितिलाई कूटनीतिज्ञ भेखबहादुर थापाले ‘अमानवीय र अविवेकी अवस्था’ भनेका छन् ।

निगमका महाप्रबन्धकसमेत चार्टर्ड फ्लाइटमा राखिएको ‘एजेन्ट’ बारे बेखबर

नेपाल वायुसेवा निगमको अस्ट्रेलिया चार्टर्ड उडान सेवामा निगमका महाप्रबन्धकसमेतलाई जानकारी नदिएकै अवस्थामा ‘एजेन्ट’ नियुक्त गरिएको पुष्टि भएको छ ।

सुनसान रोममा नेपालीका दु:ख

ओखलढुंगाको रुम्जाटार मूल घर भएका देवराज गुरुङ दक्षिण युरोपेली मुलुक इटाली छिरेको २० वर्ष भयो । काम, रोजीरोटी र संघर्षको अनेक चरणमा अनेक खालका सास्ती बेहोरेका उनी पहिलो पटक आफ्नै घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर बाहिरको कहालीलाग्दो अवस्था सुध्रिने दिन पर्खिरहेका छन् ।

किन फिर्ता बोलाइए लीलामणि ? 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनका लागि राजदूत लिलामणि पौडेललाई ‘फिर्ता बोलाउने निर्णयसहित १५ दिनभित्र स्वदेश फर्कन’ निर्देशन दिएको छ । तर, किन फिर्ता बोलाइएको हो, कारण खुलाइएको छैन ।

यात्रु आवागमनमा गरिएको कडाइमा ‘तत्काल पुनर्विचार’  : राजदूत आचार्य

आफ्‍नै नेपाली नागरिकलाई एकअर्को देश आवागमनमा कठिनाइ हुने गरी जारी भएको सूचनामा ‘तत्काल पुनर्विचार हुने’ भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बताएका छन् ।

भुटानी शरणार्थीका कथा : सक्कली यतै, नक्कली उडे अमेरिका

राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत तेस्रो देशमा बसोबासका लागि सबै कागजी प्रक्रिया पूरा गरिन्जेल परिवारका अन्तरे छोरा मोतीलाल थापा (राज) लहरै पंक्तिमा उभिएका थिए  । तर उड्ने बेला यी अन्तरेको ठाउँमा अरू कोही अमेरिकाको मिसोरी पुगेको धेरै ढिलो मात्रै थाहा भयो  ।