रामचन्द्र अधिकारी

अधिकारी स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

अन्त्यहीन भाइरस युग 

पृथ्वीमा जीवहरूको विकासक्रममा विभिन्न कालखण्डहरूमा भिन्नभिन्न जीवहरूको प्रभुत्व रहेको देखिन्छ । आजभन्दा दुई अर्ब तीस लाख वर्षअघि ब्याक्टेरियाको प्रभुत्व थियो ।

भाइरस : सजीव कि निर्जीव ?

मानव जगत्मा भाइरस (विषाणु) ले विभिन्न कालखण्डमा आतंक मच्चाउँदै आएको छ । जति पनि विश्वव्यापी महामारी (प्यान्डेमिक) फैलिए, अधिकांशको कारक भाइरस नै भएका छन् । विश्व स्वास्थ्य संगठनले बुँदागत रूपमा औंल्याएका १५ मुख्य महामारी भाइरसकै कारण विश्वमा फैलिएका हुन् ।

पैसाको मैला र संक्रमण 

दसैंका बेला मानिसका हातमा अरू बेलाभन्दा बढी नै पैसा घुमफिर गर्छ । यस समयमा पैसा बैंकबाट मानव समुदायमा वितरित हुन्छ भनिन्छ तर कहिल्यै सोच्नु भएको छ– पैसामा कति फोहोर र हानिकारक जीवहरू होलान् । महाकवि देवकोटाले पैसा वा सम्पत्तिलाई हातका मैलाका रूपमा लिएका थिए ।

खान्छौं, तर पच्दैन

दैनिक भोजनमा आलु नखाने विरलै हौँला । गोलभेडाको खाद्य महत्त्व अति राम्रो भएको कारणले सबैजसो मानिसले छाकैपिच्छे खाने गरेका हुन्छन् । दूध अनिवार्य खाद्यवस्तुको रूपमा स्थापित भएको छ । पछिल्ला वर्षहरूमा कतिपयको भान्साबाट दूधका परिकारले मासुजन्य खानालाई विस्थापित गरिसकेका छन् । सागलाई पनि स्वास्थ्यकर र अति उपयोगी खानेकुराका रूपमा लिइन्छ । मांसाहारीका लागि मासु नै सबैभन्दा आकर्षक खानेकुरा मानिन्छ, कुनै पनि चाडपर्व र खुसियाली-भोजमा यसैले सबैभन्दा महत्त्वपूर्ण स्थान जमाउँछ ।

हामी किन बिर्सिन्छौं ?

हरेक विद्यार्थीलाई लाग्छ, एकपटक पढेको या कण्ठ गरेको पाठ कहिल्यै नबिर्सियोस् । व्यापारीलाई पनि त्यस्तै लाग्छ, लेनदेनको हिसाब-किताब दिमागमै रहिरहोस् । शिक्षकलाई लाग्छ, विद्यार्थीलाई सिकाउने पाठ सधैं कक्षामा फरर आओस् । धर्मगुरुहरू पनि यही चाहन्छन्— पुस्तक नहेरी भक्तजन सामु प्रवचन दिन सकियोस् । 

रामचन्द्र अधिकारीका लेखहरु :

कान्छो आविष्कारको कमाल

तीन सय वर्ष अगाडिका भविष्यवेत्ता तथा दार्शनिकहरूले भन्ने गरेका थिए, मानिसको संख्या यसरी नै बढिरहन्छ र अनिकालले मानिसको जीवन अस्तव्यस्त हुन्छ । उनीहरूले अनुमान लगाएकोभन्दा तीव्र गतिमा जनसंख्या वृद्धि हुँदै गयो । तर त्यस्तो भोकमरी लागेन । जीवन जति दुःखी र कष्टकर होला भन्ने सोचिएको थियो, त्यस्तो भएन । उल्टै सजिलो भएको छ ।

जैविक घडीको भर

हिउँदमा बिहान उठ्न गाह्रो लाग्ने कारण जाडो मात्र होइन, अर्को कारण पनि छ –उज्यालो ढिलो हुनु । उज्यालो ढिलो हुनाले निद्रा नभाग्ने वा शरीरमा जाँगर नभरिने अर्को भित्री कारण छ । त्यो हो– मेलाटोनिन हर्मोन । यो हर्मोन उज्यालोको अनुपस्थितिमा जीउमा उत्पादन हुन्छ, जसले निद्रा लगाउँछ । 

सहरिया बाँदर 

बाँदर बसोबास गर्ने सहर प्रशस्तै छन् । काठमाडौं, पोखरा, धरान लगायतका अधिकांश सहरमा बाँदरको प्रकोप हुनथालेको छ । बाँदर जंगली जनावर हो । तर आजकाल यो सहरिया भएको आभाष भइरहेको छ । विराटनगर जंगलविहीन पक्की सहर हो ।

हातमा कीटाणुको खात

हात धुनका गाह्राले वा धुने वातावरण नभईकन खानुपर्ने स्थिति आए भनिन्छ— आफ्ना हात जगन्नाथ । आशय हो, हात आफ्नै हुन्, सफा र पवित्र छन् । वैज्ञानिक हिसाबले भने यो स्वीकार्य छैन । बरु वैज्ञानिक उखान बनाउन सकिन्छ— आफ्ना हात : कीटाणुका खात ।