टेकनारायण कुँवर

टेकनारायण कुँवरका लेखहरु :

चाहिँदैन संवैधानिक इजलास

वास्तवमा सर्वोच्च अदालत नै एउटा संवैधानिक अदालत हो, जुन मुख्य रूपमा संवैधानिक कानुनसँग सम्बन्धित छ । उदाहरणका लागि, संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतलाई संसारको सबभन्दा पुरानो संवैधानिक अदालत भनिएको छ किनकि यो संविधानसँग बाझिएका कानुनलाई असंवैधानिक घोषणा गरी अमान्य तुल्याउने संसारकै सुप्रसिद्ध प्रारम्भिक अदालतहरूमध्ये एउटा थियो ।

जातीय विभेद र मानव अधिकारको मर्म

एउटा फरक प्रसंगमा लेखक शंकर तिवारीले असार १४ को कान्तिपुर दैनिकको विचार स्तम्भमा अमेरिकी स्वतन्त्रता संग्रामको घोषणापत्रका लेखक पूर्वराष्ट्रपति थोमस जेफर्सनको महत्त्वपूर्ण विचार उद्धृत गर्नुभएको छ ।

बलात्कारमा ठिमाहा अनुसन्धान

गत वर्ष भारतको हैदराबादमा एक महिला डाक्टरको बलात्कारपछि हत्याका चार अभियुक्त कथित प्रहरी भिडन्तमा मारिए । भारतमा बलात्कारजस्ता जघन्य अपराधका अपराधीलाई प्रहरीले इन्काउन्टरमा परेको भनी गैरन्यायिक हत्या गर्दासमेत भारतीय समाजले सुपाच्य नै मान्यो ।

फास्ट ट्य्राक कोर्ट : अबको न्यायिक सुधार

अमेरिकामा भएको एक अध्ययनमा वर्तमान न्याय प्रणालीमा यौन हिंसाबाट पीडित व्यक्तिहरूले कानुन कार्यान्वयन गर्ने निकाय अर्थात् त्यहाँ कार्यरत कर्मचारीहरूले उनीहरूलाई उत्साहित होइन निरुत्साहित गर्छन् भन्ने अनुभव गरेको तथ्य बाहिर आएको छ ।

बलात्कार अपराध र मृत्युदण्ड 

१६ डिसेम्बर २०१२ को राति नौ बजे भारतको नयाँ दिल्लीमा बसमा यात्रा गरिरहेकी एक युवतीलाई ड्राइभरसहित सो बसमा रहेका छ जनाले सामूहिक बलात्कार गरे र पीडितलाई गुडिरहेको बसबाट सडकमा फ्याँकिदिए । बलात्कार यति क्रूर र बीभत्स थियो, अपराधीले गाडीको चक्का फेर्ने लिभर पीडितको यौनांगमा प्रवेश गराएर पेटको भित्री अंगसमेत निकालिदिएका थिए ।