गण्डकी प्रदेश ब्युरो

गण्डकी प्रदेश ब्युरोका लेखहरु :

मकै सुके, धानको बीउ उम्रिएन

मनसुन सुरु भइदिएको भए पहाडी क्षेत्रमा यतिबेला किसानलाई धान रोपाइँको चटारो हुन्थ्यो । बारीमा मकैभित्र कोदो रोप्न भ्याइनभ्याइ (माचो) उत्तिकै हुन्थ्यो । तर यतिबेला लामो समयदेखि पानी परेको छैन । खडेरी र तापक्रम वृद्धिका कारण विभिन्न जिल्लामा बर्खे बाली सुक्न थालेको छ । एकातिर घोगा लाग्ने बेलाको मकै सुक्न थालेको छ, अर्कातिर धानको ब्याडसमेत सुक्न थालेको छ । खेतीमा व्यस्त हुनुपर्ने बेलामा भइरहेको मौसमी प्रतिकूलताले किसान चिन्तित छन् ।

करोडौंका भेन्टिलेटर र अक्सिजन प्लान्ट अलपत्र

कोभिड कहरका बेला गण्डकी प्रदेशका विभिन्न अस्पतालमा जडान गरिएका आईसीयू कक्ष, अक्सिजन प्लान्ट र प्रदेश सरकारको सहयोगमा खरिद गरिएका भेन्टिलेटरलगायत उपकरण जनशक्ति अभावले थन्किएका छन् ।

प्रचारमा कडाइपछि उम्मेदवार घरघरमा

अघिल्ला निर्वाचनमा मनोनयन दर्ता लगत्तैका र्‍याली, माइकिङ, आमसभा र भोजभतेरले चुनावी माहौल बनाउँथ्यो । तर यसपटक मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा गर्न नपाउने निर्वाचन आचारसंहितापछि रौनक खासै देखिएको छैन । निर्वाचन आयोगको निर्णयले राजनीतिक दल र उम्मेदवार प्रचार प्रसारमा खुम्चिनु परेको हो ।

बागलुङमा केसीलाई सहज, पौडेललाई चुनौती

बागी उम्मेदवारी दिएका गण्डकी प्रदेशका उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।बागलुङ (१) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीविरुद्धका बागीले उम्मेदवारी फिर्ता लिएका छन् ।

मतदान केन्द्रमा खटिए कर्मचारी

स्थानीय तह निर्वाचनका लागि गण्डकी प्रदेशका सबैजसो स्थानीय तहका मतदान केन्द्रमा खटिने कर्मचारी निर्वाचन सामग्रीसहित मंगलबार त्यसतर्फ लागेका छन् । मतपेटिका, परिचयपत्र, स्वस्तिक चिह्नलगायत सामग्रीसहित मतदात अधिकृतको नेतृत्वमा कर्मचारी र सुरक्षाकर्मी खटाइएको जिल्लास्थित निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

नयाँ मतदाता भन्छन्, ‘सृजनशील नेतृत्व आओस्’

यस पटकको स्थानीय तहको निर्वाचनमा केही मतदाता नयाँ अनुहारका छन । पहिलो पटक मतदानमा सहभागी हुन लागेका युवाले स्थानीय तहको चुनाव सफल भए देश विकसित हुने र रोजगारीको अवसर सिर्जना हुने आशा गरेका छन् । उम्मेदवारको समाजसेवामा सक्रियता हेरेर भोट दिने पक्षमा उनीहरू छन् । 

बागी नै धेरै

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमबार गण्डकी प्रदेशका पालिकामा हर्षोल्लाससाथ उम्मेदवारी दर्ता भएको छ । पहिलो दिन आइतबार केही साना दल र स्वतन्त्रबाट उम्मेदवारी दिए पनि मुख्य दल र अन्यले सोमबार मात्रै उम्मेदवारी दर्ता गराएका थिए ।

कास्कीमा गठबन्धनमा भाग मिलाउन गाह्रो

स्थानीय तहको निर्वाचनलाई लिएर कास्कीमा गठबन्धनका पाँच दलबीच दिनदिनैजसो बैठक हुन्छ । उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा पाँच स्थानीय तह रहेको कास्कीका गठबन्धनलाई भागबन्डा मिलाउनै गाह्रो देखिएको छ ।

देउवा–पौडेल पक्षको मिश्रित परिणाम

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको परिणाम आउने क्रम जारी छ । परिणामअनुसार कतै संस्थापन त कतै संस्थापनइतर (पौडेल पक्ष) हाबी देखिएका छन् । कुनै जिल्लामा मिश्रित परिणाम आएका छन् । केही जिल्लामा मतगणना भइरहेको छ । शनिबार साँझसम्म कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी जिल्लाका सबै परिणाम आइसकेको छ ।

भूकम्पले ढलेका घर निर्माणमा अझै ढिलाइ

गोरखा, बारपाक केन्द्रबिन्दु भएर २०७२ वैशाखमा गएको भूकम्पबाट कम प्रभावित भएपनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा निजी घर निर्माण भने अझै सकिएको छैन । सुरुमा पुनर्निर्माण प्राधिकरणले प्राविधिक नपठाउँदा जगै हाल्न ढिला भयो । कतिपय बनाइसकेका घरको मापदण्ड नपुगेको भन्दै भुक्तानी रोकिएको छ । घर पुनर्निर्माणका लागि सरकारले ३ किस्तामा गरी ३ लाख रुपैयाँ अनुदान दिएको हो ।