नन्दकृष्ण जोशी

नन्दकृष्ण जोशीका लेखहरु :

बाराकोट उज्यालो छैन पणका छायाले

रामीडाँडा सिर्पाचौर हरियो वन पनिमेराई जति मान्दो रैछ साई तिम्रो मन पनिजाजरकोटको बाराकोट केन्द्रबिन्दु बनाएर कात्तिक १७ मा गएको भूकम्पका कारण १५४ ले ज्यान गुमाए, जसमा रुकुम पश्चिमका पनि परे । राति मस्त सुतेका मानिसले अकालमा ज्यान गुमाए । दुवै जिल्लाका गरी ६० भन्दा बढी बालबालिकाको दुःखद निधन भयो । टेलिभिजनका पर्दामा देखिएको दाहसंस्कारको चापले २०७२ को भूकम्पको विनाश सम्झायो । 

वर्षामासका देउडा गीत

आदिम संस्कृति र मौलिक पहिचान भएको देउडाले सिंगो नेपाललाई सांगीतिक उज्यालो दिइरहेको छ, केवल काली–कर्णाली क्षेत्रलाई होइन । वर्षैभरि गाइने अनेक यामका देउडा गीत थुप्रै गायक–गायिकाले गाइरहेकै छन् । मैले २०३४ सालदेखि नै रेडियो नेपालमा देउडा गाउँदै र यसको प्रचार गर्दै आएको छु । अहिले त थुप्रै देउडा गायक–गायिकाको आगमन भइसकेको छ । खासमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सांस्कृतिक–सांगीतिक क्रान्ति देउडा गीतबाटै भएको हो । यसको परिणाम अहिले देउडा संगीत–संस्कृतिको धरातल अझै फराकिलो बन्दै छ ।