१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पुष्पकमल दाहाल ‘प्रचण्ड’

पुष्पकमल दाहाल ‘प्रचण्ड’का लेखहरु :

दुई गठबन्धन र जनताको चयन

देश ऐतिहासिक आम निर्वाचनको संघारमा छ र दुई गठबन्धन प्रतिस्पर्धामा छन् । तर, यी गठबन्धन केवल चुनावी प्रयोजनका होइनन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वको दक्षिणपन्थी गठबन्धन र हाम्रो वाम–लोकतान्त्रिक गठबन्धनले आजको राजनीतिका दुई प्रवृत्तिको प्रतिनिधित्व गर्छन् । दक्षिणपन्थी गठबन्धनको उद्देश्य हो— संविधानलाई कमजोर बनाउने र व्यवस्थालाई भित्रैबाट भत्काउने । हिजोसम्म लोकतन्त्रकै नाममा लोकतन्त्रको हत्या गर्न उद्यत ओलीले यस पटक सबै पर्दा च्यातेर सीधै राप्रपाको झन्डा समाउनुभएको छ । यो २०६२/६३ को जनआन्दोलनमाथिको सीधा विश्वासघात हो । यसले ओली प्रवृत्तिको नियत र गन्तव्य देखाउँछ ।

एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो

आज देशको समग्र राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ । जनताको लामो सशस्त्र एवं शान्तिपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन निरंकुश तत्वहरूले टाउको उठाइरहेका छन् ।