१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

सुरेन्द्र पाण्डे

सुरेन्द्र पाण्डेका लेखहरु :

'सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न अब ढिला गर्नु हुँदैन'

पूर्वबाटै ८ जना प्रधानमन्त्री भइसकेका छन् । नेपालको प्रजातान्त्रिक अभियानको सुरुवात नै पूर्वबाट भएको हो । सिंगो नेपाललाई राजनीतिक रुपमा डोर्‍याउने केन्द्रका रुपमा पूर्व रह्यो, यसमा दुई मत छैन । कुनैबेला विराटनगरलाई उद्योगको मुख्य क्षेत्र मानिन्थ्यो । तर, अहिले त्यस्तो छैन । तर कुनै समयमा विराटनगर नै औद्योगिक आउटपुट र मुख्य क्षेत्र थियो । बिस्तारै समयक्रम अनुसार विराटनगरको सम्भावना अन्य ठाउँमा सर्दै गयो । विराटनगर ओझेलमा पर्दै गयो । तुलनात्मक रुपमा विराटनगर पछाडि पर्दै गएको छ । सबै सम्भावना गुमाएको भने पक्कै होइन । विराटनगरको सम्भावना धेरै उच्च छ ।

‘वर्तमान आर्थिक समस्यालाई बजेटले बेवास्ता गरेको छ’

चालु आर्थिक वर्षका लागि अध्यादेशबाट ल्याइएको बजेट पूरै खर्च गर्न नसकेर तीन पटकसम्म संशोधन भइसकेको छ । चालु वर्षको घटाइएको बजेटको आकार १४ खर्ब ४७ अर्ब रुपैयाँ मात्र हो, जुन रकम आगामी असार मसान्तसम्म खर्च हुने छाँट छैन तर अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेटभन्दा झन्डै साढे ३ खर्बले आकार बढाउँदै आगामी वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । बजेटको आकार तथा कार्यक्रममाथि पक्ष–विपक्षमा बहस भइरहेको छ । समग्रमा बजेट कस्तो छ, यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला, के गरिनुपर्थ्यो वा के गरिनु हुँदैन थियो लगायत विषयमा केन्द्रित रहेर कान्तिपुर दैनिकले आयोजना गरेको बजेट समीक्षामा सहभागी एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राखेको विचारको सम्पादित अंश :

‘राष्ट्र बैंकलाई कमजोर बनाउँदा अन्तर्राष्ट्रिय जगतको चासो हुन्छ, हामी थप निगरानीमा पर्छौं’

बाहिरबाट ल्याइएको पैसामाथि शंका लागेर राष्ट्र बैंकले अनुसन्धान गरिरहेको र त्यो पैसा छुटाउन अर्थमन्त्रीबाट दबाब गएको भनेर सञ्चार माध्यामहरूले लेखिरहेका छन् । त्यो विषयको जवाफदेही त स्वयं अर्थमन्त्री हुनुपर्ने हो । मन्त्री जवाफदेही हुनुपर्ने विषयमा गभर्नरलाई जोडेर पदबाट हटाउन कसरी मिल्छ ? शक्तिमा भएपछि जे पनि गर्न मिल्छ भन्ने त हुँदैन ।