२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

राम गुरुङ

राम गुरुङका लेखहरु :

समुदाय नै छैन, कसरी सुधार्ने सामुदायिक विद्यालय

पहाड र तराईमा विद्यालय पढ्न बाहिर जाने चलन थिएन; विद्यालयको पहुँच सहज नभएकाले, हिमाली गाउँमा भने पहिल्यैदेखि नै आफ्ना छोराछोरी पढ्न सहर पठाउनु सामान्य थियो । अहिले भने देशका सबै ठाउँमा हरेक १० मध्ये कुनै न कुनै कारण ६ बालबालिकाले विद्यालय शिक्षाका लागि गाउँ छाडिरहेका छन् ।

मध्यम वर्ग : वामपन्थी दललाई चुनौती

सायद धेरैले नपढेको, तर नेपालको वामपन्थी राजनीति बुझ्न सहयोगी पुस्तक हो— ‘द राइज एन्ड फल अफ द कम्युनिस्ट पार्टीर् अफ इराक’ । युनिभर्सिटी अफ क्यालगरी, क्यानडाका प्राध्यापक तारिक वाई. इस्माएलले सन् २००७ मा लेखेको यस पुस्तकमा इराकी कम्युनिस्ट पार्टीको उदय र पतनको ऐतिहासिक विश्व–स्थानीय कारक मसिनो गरि केलाइएको छ ।

सामुदायिक विद्यालयमा गुणस्तरको पाटो

सामुदायिक विद्यालय शिक्षाको गुणस्तरमाथि भएका बहसहरू तारिफयोग्य छन् । सिकाइ, शिक्षण पद्धति र प्रणालीको सुधार हुनुपर्छ भन्नु परिवर्तनको संकेत हो, जसले परम्परागत शिक्षा र शैक्षिक प्रणालीलाई नकारेको छ । विद्यालय व्यवस्थापन विकेन्द्रित र स्वायत्त भएकाले सामुदायिक विद्यालयको शिक्षण सिकाइ पनि बदलिएको छ । गुणस्तरीय शिक्षाको मूल मर्म व्यक्तिको क्षमता अभिवृद्धि गर्नु भए पनि गुणस्तरीय शिक्षाबारेको बुझाइ सैद्धान्तिक र व्यावहारिक हिसाबमा अपुरो छ ।

चुनावको बैंकिङ प्रचार

निर्वाचनको प्रचारशैली र यसबाट उपेक्षित मतदाताबारे विश्लेषण गर्नमा केन्द्रित हुनेछ यो लेख र निर्वाचन प्रचारशैलीसँग सम्बन्धित तीन प्रश्नको जवाफ खोतल्ने प्रयास गरिनेछ । पहिलो, कसरी निर्वाचन प्रचार जनमत प्रभावित पार्नमा मात्र केन्द्रित छ ? दोस्रो, कसरी निर्वाचन प्रचारशैली निरंकुश र एकोहोरो बन्दै गएको छ ? तेस्रो, कसरी निर्वाचन प्रचारको विद्यमान तरिकाले स्वायत्त मताधिकार संकटमा पर्दै गएको छ ? विश्लेषणका लागि सामाजिक सञ्जालमा पोस्ट गरिएका निर्वाचन सम्बन्धी सामग्रीलाई आधार बनाइएको छ ।

निर्वाचन र व्यक्तिवादी राजनीतिको दलदल

लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलमा नेता होइन, संगठनको प्रणाली, विधि र पद्धतिको भूमिका मुख्य हुन्छ । नेता–कार्यकर्ता दलको राजनीतिक स्वार्थ र नीतिमा बाँधिन्छन् । तर संसदीय राजनीति गरिरहेका नेपालका प्रमुख राजनीतिक दलहरू नेताविशेषको स्वार्थ र अभिमानले च्यापिँदै गएका देखिन्छन् ।

दलहरूप्रति घट्दो आकर्षणका आयाम

सिट संख्या बदलिए पनि स्थानीय तहको निर्वाचन–२०७९ मा राजनीतिक दलहरूको लोकमत फरक नपरेको देखियो । तर देशका धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेका छन्, जसलाई दलतन्त्रविरुद्धको जनमत भन्नेहरू पनि छन् । अद्यापि धेरै मतदाताले दलीय उम्मेदवारको विकल्प पाएनन् । यो अर्थमा यसले कसरी दलीय प्रतिस्पर्धामा समेत स्वतन्त्र उम्मेदवारले कसरी जित्छन् भन्ने प्रश्न जन्माएको छ । यसको जवाफ खोज्न गएको एक वर्षमा तराई–पहाडका नागरिकहरूसँग गरिएका कुराकानीहरूको सन्दर्भ लिएर ‘राजनीतिक प्रक्रिया तथा जागरण’ को सैद्धान्तिक चस्माबाट विवेचना गरिएको छ । 

नेतृत्व हस्तान्तरणबारे मौन दलीय राजनीति

सबै राजनीतिक दल अहिले महाधिवेशनको तयारीमा छन् । महाधिवेशनका नीतिगत, वैचारिक र सैद्धान्तिक महत्त्व अवश्य होलान्, महाधिवेशन छल्ने प्रयत्न पनि देखिएका छन्, तर कानुनी बाध्यताले दलहरूलाई महाधिवेशनमा जानैपर्ने बाध्यता छ ।