हालै संसद्ले भूमिसम्बन्धी ऐन (२०२१) मा केही संशोधन गरेको छ । संशोधित ऐनको दफा १८ मा सार्वजनिक जग्गा भूमिहीनलाई उपलब्ध गराउने भनिएको छ जसअनुसार कम्तीमा १० वर्षदेखि बसोबास गरी आएका भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई एक पटकका लागि बसोबास गर्दै आएको स्थानमा तोकिएको क्षेत्रफलको हद नबढ्ने गरी जग्गा उपलब्ध गराउने भनिएको छ । ऐन पारित भएसँगै विभिन्न कोणबाट आस र त्रास मिश्रित बहस सुरु भएको छ ।
‘उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्य परिवेश’ नारासाथ नेपालका युवाले हालै अन्तर्राष्ट्रिय युवा दिवस मनाए । युवा वर्ग राष्ट्रको अमूल्य सम्पत्ति हो, राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको संवाहक पनि हो । नेपालमा युवाको अवस्था के छ त ? अहिलेकै अवस्थामा राष्ट्रले परिकल्पना गरेको युवाशक्ति निर्माण हुन सक्छ कि सक्दैन, यसबारे छलफल हुनुपर्छ ।
मधेसी युवाहरू निकै आक्रोशित छन्, लोक सेवा आयोगको विज्ञापनलाई लिएर । प्रदेश २ का मुख्यमन्त्रीले पनि यसको विरोध गर्दै कानुनी उपचार खोज्ने भनिसकेका छन् । सत्तारूढ नेकपाका मधेसी नेता एवं मन्त्री प्रभु साहले यस विज्ञापनलाई खारेज गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका छन् ।
राज्य समावेशी छ/छैन, हेर्ने ऐना निजामती सेवालाई मानिन्छ । नेपाली समाज जातीय, आर्थिक, धार्मिक हिसाबले विविध छ । यो चरित्र निजामती सेवामा पनि झल्काइयोस् भन्नका लागि अन्तरिम संविधान–२०६३ ले समावेशी नीति अवलम्बन गरेको थियो । २०६४ सालमा निजामती ऐन दोस्रो संशोधन गरियो ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अहिले चर्चामा छ । विधेयकमा आमाको नामबाट नागरिकता लिन बाबुको पहिचान हुन नसकेको पुष्टि गर्नुपर्ने प्रावधान राखिएको छ, जसबारे व्यापक विरोध र बहस हुँदै छ । यो बहस हुनैपर्ने विषय हो । यस विधेयकमा आमाको नामबाट नागरिकता पाउने प्रावधानलाई जटिल बनाइएको छ ।
प्रदेश नं. २ ले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान थालेको छ । अभियान अन्तर्गत प्रदेशभित्र जन्मिने हरेक बेटीलाई प्रदेश सरकारले एक लाखको विमा गरिदिने घोषणा गरेको छ । प्रदेशका आठवटै जिल्लाका एक–एक पालिकाबाट यो अभियान सुुरु गरिँदैछ । यस्तो कल्याणकारी अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ ।
महिला हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा एउटा कार्यक्रममा बोल्न म गएकी थिएँ । कार्यक्रममा मधेसी, दलित, मुस्लिम, आदिवासी जनजाति तथा यौनिक अल्पसंख्यकलगायतका महिलाको विषयमा छलफल भयो । मैले मधेसी समुदायमा भएका कुरीति र त्यसलाई न्यूनीकरण गर्ने उपायबारे कुरा राखेँ ।
गतवर्ष सिरहाबाट बिहानै एक साथीको फोन आयो । उनी निकै हतासिएकी थिइन् । कसैले उनकी छोरीको फोटो तोडमोड गरेर सामाजिक सञ्जालमा राखिदिएछ । पुरानो रिस साध्न कसैले उनकी छोरीलाई बदनाम गर्न खोजेको उनको अनुमान थियो ।
सिरहा गोलबजारकी ५५ वर्षीया कारीदेवी यादवको शव गतसाता घरनजिकै बाँसघारीमा भेटियो । उनी साउन २५ गतेदेखि हराइरहेकी थिइन् । जेठाजुसँग अंशसम्बन्धी मुद्दाका कारण उनको हत्या भएको स्थानीय दाबी गर्छन् ।
मधेसी समाज आधारभूत रूपमा ग्रामीण हो । यो समाज पृत्तिसत्तामा आधारित छ । जातपातको प्रभाव छ । कृषि कर्म मुख्य पेसा रहेकाले मालिक र मजदुर बीचको वर्गीय सम्बन्ध जताततै देख्न पाइन्छ । रेमिटयान्सको प्रभावले समाज आधुनिकतातर्फ पाइला सार्न थालेको आभास मिल्छ ।