१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

रमन पौडेल

पौडेल विगत ८ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल इकान्तिपुर डटकमको डेस्कमा कार्यरत छन् ।

रमन पौडेलका लेखहरु :

फेरि गृहयुद्धतर्फ फर्कंदै सुडान

यति बेला सुडानमा द्वन्द्व चर्किएको छ । पछिल्लो दुई वर्षदेखिको विवाद र तीन दिनयताको भिडन्तले सुडान गृहयुद्धमै फस्ने त होइन, अन्तर्राष्ट्रिय चिन्ता व्यक्त गर्न थालिएको छ । विज्ञहरू के भन्छन् भने जनरल अब्देल फत्ताह अल–बुर्हान र मोहम्मद हमदान दागालोको इगोले निम्तिएको हो, अहिलेको द्वन्द्व । र, उनीहरूको लडाइँको प्रमुख कारण भने राज्य संयन्त्रको नेतृत्व कसले लिने भन्नेमा केन्द्रित छ । प्रारम्भमा उनीहरू सहकर्मी थिए । 

विश्वमा ४९ करोड महिला तथा बालिका भोकै

सीमित व्यक्तिहरूले अप्रत्याशित रूपमा धन कमाउने विषयलाई अधिकांश मानिस संयोग वा चमत्कार मान्छन् । तर नोबेल पुरस्कार विजेता अमर्त्य सेन भन्छन्, ‘सीमित व्यक्ति अप्रत्याशित रूपमा धनी बन्ने र अधिकांश मानिस गरिब नै रहने विषयलाई संयोग मान्नु जादुमा विश्वास गरेजस्तै हो । खासमा यो आर्थिक संरचनाको परिणाम हो, बरु बढ्दो असमानताप्रति सहिष्णुता वा मौनता चिन्ताजनक छ ।’

बालबालिका जसलाई राज्यले चिन्दैन

सल्यानमा आमा–बाको घर छोडेर अलि पर बजारमा बस्छिन् सविता । साथमा ४ वर्षे छोरा छन् । आमाछोराको खर्च धान्न उनी हरेक बिहान स्थानीय व्यापारीको घरमा काम गर्छिन्, दिउँसो ठेलामा फलफूल बेच्छिन् ।

राजनीतिमा 'राजापाक्षे र लाजपचेहरू'

सिंहदरबारमा त सधैँ राजनीतिक 'गाईजात्रा' चलिरहेको होला । कलाकारहरूलाई भने वर्षमा एक पटक भव्य गाईजात्रा लाग्छ । गाईजात्रालाई भव्य बनाउने कलाकारको अग्रसूचीमा पर्छन्- मनोज गजुरेल । हरेक वर्ष नयाँ आवरणमा देखा पर्ने उनी यसवर्ष पनि केही पात्रहरुको क्यारिकेचर लिएर आएका छन् । गजुरेल यसपटकको गाईजात्राका लागि एक महिनाभन्दा अघिदेखि रिहर्सलमा थिए । क्यारिकेचर मात्रै नभएर गाईजात्राका लागि उनी विशेष रुपमा विषयवस्तु र त्यसको 'ग्राभिटी'मा केन्द्रित हुने गर्छन् ।

प्रकाश सपुतको 'पिर'ले निम्त्याएको चिन्ता

समकालीन नेपाली राजनीतिको प्रतिबिम्ब झल्केको रुपमा गायक प्रकाश सपुतको 'पिर' गीतको चर्चा भइरहेको छ । तर केही सीमित मानिसहरूलाई चाहिँ त्यसले ठूलै पिर पारेको छ । विशेषगरी माओवादीका नेता र कार्यकर्तालाई यो गीतको भिडियोले धेरै नै चिढ्याएको छ । माओवादीका केही युवा नेता, कार्यकर्ताले त विज्ञप्ति निकालेर गायकलाई भिडियो हटाउन चेतावनी नै दिएका छन् । यद्यपि गायकको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

एक लुटेराको कायाकल्प

दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरमा एउटा स्लम एरिया छ । स्लम अर्थात् एक सुकुम्बासी बस्ती ! यही बस्तीको एक लुटेरा हो– त्सोत्सी । त्सोत्सीको अर्थ नै लुटेरा, अर्थात् चोर ! फिल्मको केन्द्रीय पात्र हो– त्सोत्सी । उसकै संघर्षवरिपरि फिल्मको कथा घुमेको छ ।

एमाले महाधिवेशन : प्रतिनिधिको विवेकमा बन्धन

नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुट्दा रस्साकस्सी भएको छ । शनिबार सुरु भएको बन्द सत्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको सम्पूर्ण अधिकार दिने भन्दै टुंगिए पनि आइतबार बिहानैदेखि नेताहरू सहमतिको प्रयासमा लागि परेका छन् ।

ताइवानबाट के चाहन्छन् चीन र अमेरिका ?

चीनले पछिल्लो समय अनपेक्षित रुपमा ताइवानको आकाशमा लडाकु विमान उडाउने क्रम तीव्र बनायो । अक्टोबरसम्म मात्रै ६०० भन्दा बढी चिनियाँ विमान ताइवानको आकाशमा उडिसकेका थिए । जबकि, अघिल्लो एक वर्ष भरमा ३ सयभन्दा केही बढी विमान उडेका थिए । यस्तैमा चीनले ‘आवश्यक परेमा’ ताइवानलाई बलपूर्वक नियन्त्रणमा लिने प्रतिक्रिया दिइसकेको छ ।