वन्दना ढकाल

वन्दना ढकालका लेखहरु :

महामारीको मारमा गर्भवती महिला 

आफ्नो दोस्रो सन्तानको न्वारानको दिनसमेत नआउँदै बिहीबार सिन्धुपाल्चोककी एकजना आमाले ज्यान गुमाइन् । आधारभूत उपचारसमेत नपाएर उनको मृत्यु भएको देखिन्छ । उनको अवसान भइसकेपछि मात्रै सरकारले निधनको कारणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको सार्वजनिक गरेको छ । 

लालबहादुर–लालकुमारी सडकमै छन्

वैशाख चार गते बिहान साढे छ बजे । कीर्तिपुरको भित्रीगाउँदेखि नगाउँ दोबाटोसम्म मानिसहरूको एउटा लामो लस्कर देखियो । बालबालिका, तन्नेरी र अधवैंशेहरू रहेको करिब साठी सत्तरी जनाको त्यो लस्कर घर फर्कन चाहने मजदुरको थियो ।