दसौं शताब्दीको अन्त्यतिर ताडपत्रमा लेखिएको नेपालको सबैभन्दा पुरानो चित्र न्युयोर्कको एक संग्रहालयमा सुरक्षित छ । संग्रहालयका भूतपूर्व क्युरेटर मार्टिन लर्नरको टिप्पणी छ, ‘त्यो नवौं शताब्दीमा लेखिएको विहार बेङ्गालको दुर्लभ कलाकृति हो ।’ लर्नरको आलोचनामा प्रतापादित्य पालले लेखे, ‘त्यो चित्र दसौं शताब्दीको अन्त्यतिर नेपालमा लेखिएको हो ।’ त्यस चित्रमा प्रज्ञापारमिता र बुद्ध शाक्यमुनिको जन्मदेखि महापरिनिर्वाणसम्मका दृश्य क्रमशः देखाइएको छ । लर्नर र पालले चित्र–चर्चा गरेको चार दशकपछि कला, संस्कृति र इतिहासका अध्येता गौतमवज्र वज्राचार्यले त्यस चित्रमाथि आफ्ना सहमति–असहमति ‘कोसेली’ को यो अंकमा लेखेका छन्, प्रामाणिक रूपमा ।
मन्दिर अथवा मन्दिरजस्तै महत्त्वपूर्ण वस्तुको सबैभन्दा माथि चुचुरामा गजुर राखिएको हुन्छ (तस्बिर १) । गजुर वास्तवमा पूर्णकलश हो भन्ने सबैले देखे बुझेकै कुरा हो । तर, पूर्णकलशको मुनितिर थ्याप्चो फर्सीजस्तो देखिने संस्कृतमा आमलक भनिने चक्काको विषयमा भने अधिकांश अनभिज्ञ छन्जस्तो लाग्छ ।
सन् १९६५ तिरको कुरा हो । मेरा काका धनवज्र वज्राचार्य र संशोधन मण्डलका अरु सबै साथीसँग हरेक शनिबार काठमाडौं उपत्यकाका विभिन्न सहर–गाउँमा गएर शिलापत्र खोज्थ्यौं । कुनै महत्त्वपूर्ण शिलापत्र प्राप्त भएको दिन उत्सव जस्तै हुन्थ्यो ।
ऋतु शब्दको साधारण माने मौसम हो तापनि वर्षा ऋतु सबभन्दा महत्त्वपूर्ण ऋतु भएको हुनाले वैदिक साहित्यमा झरी वर्षात सुरू भयो र हरियो घाँसपात उम्रन थाल्यो भनेर वर्णन गर्दा खेरि ऋतावागते “ऋतु आएपछि” भनेर लेखिएको पाइन्छ ।