महेशविक्रम शाह

महेशविक्रम शाहका लेखहरु :

मान्छे राम्डो मनमिल्याको...

सुदूरपश्चिम प्राकृतिक, भौगोलिक, सांस्कृतिक विविधताले भरिपूर्ण भूस्वर्ग हो । खस भाषाको उद्गमस्थल यो भूमि खप्तडबाबाले प्राज्ञिक साधना गरेको देवभूमि पनि हो । नेपालका पहिलो सहिद बाँकावीर, सहिद दशरथचन्द, राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह, प्रथम मौलिक नाटकका सर्जक पहलमानसिंह स्वाँर र राष्ट्रवादका महानायक डा. केआई सिंहको जन्मभूमि पनि यही हो । 

गैरआख्यानभित्रको आख्यान

निबन्ध यस्तो विधा हो, जहाँ लेखक आकाशमा विचरण गर्ने चराझैं स्वतन्त्र र सर्वव्यापी हुन्छ । लेखकलाई दिमाग र मनका दुईपाङ्ग्रे रथमा नारिएका कल्पनाका घोडा दौडाउन छुट हुन्छ । अनुभव, अनुभूतिको चास्नीमा शब्दलाई चुर्लुम्म डुबाएर नयाँ स्वाद र मीठासतत्व सृजना गर्नु निबन्धकारको शिल्पगत विज्ञता हो । लेखक केशव दाहालको किताब ‘माधवी ओ माधवी’ कै कुरा गरौं न ! यो किताबमार्फत लेखक आफ्नो वैचारिक यात्रामा पाठकलाई सँगसँगै हिँडाउँछन् ।

गैरकम्युनिस्ट

म कथालाई अभिव्यक्तिको सरल, सुन्दर, सुरुचिपूर्ण, सुललित, संवेगात्मक र स्वाभाविक माध्यम मान्छु । साहित्यका अन्य विधाभन्दा आख्यान त्यो विधा हो, जुन मान्छेको मस्तिष्कभन्दा हृदयसँग नजिक हुन्छ । मैले लेखनको सुरुवाती अवस्थामा कविता लेखेँ, तर जीवनको प्रारम्भिक चरणमा कथा सुनेँ । बाआमा र हजुरआमाले कथेका कथा सुन्दै म हुर्कें । मेरो बाल मस्तिष्कमा कल्पनाशीलता जगाउने काम कथाले नै गरेको हो । कथाले नै मेरो मनमा सृजनाको मुना टुसाएको हो । कविता र गीतको प्रस्फुटन काव्यात्मक होला, तर त्यसले भन्न खोजेको पनि ‘कथा’ नै हो । सृजनाको पहिलो झिल्को कथाका रूपमा नै मानव मस्तिष्कमा उदय हुन्छ र त्यसपछि साहित्यका भिन्न स्वरूपमा परिणत हुन्छ । कथा प्रस्तुतिको विषय, शिल्प र शैली जस्तोसुकै भए पनि मानवीय संवेदनालाई स्पर्श गर्न सक्ने कथा नै सफल कथा हो भन्ने म ठान्छु ।