राष्ट्रिय सभाको चार वर्षे अवधिमा सांसदका नाताले काम गरिरहेका व्यक्तिले राष्ट्रिय सभाको मूल्यांकन गर्नु सहज काम हैन । यसमा केही मपाइपनको, केही राजनीतिकरुपमा ‘बायस’ भएको झल्को आउन सक्छ । तैपनि छोटो अनुभवका लागि संसद् सचिवालयले अनुरोध गरेकाले, आत्मनिष्ठ हुने भए पनि, आफ्ना विचार प्रस्तुत गरेको छु ।
प्रधानन्यायाधीश भनेको एउटा व्यक्तिमात्रै होइन, सिंगो न्यायपालिकाको नेतृत्व हो । नेतृत्वमा बसेको व्यक्तिले आफू जुन संस्थाको नेतृत्व गरिरहेको छ, त्यहाँका सबै सहकर्मीहरूको कुरा सुन्नुपर्छ । अहिले न्यायालयको नेतृत्वलाई उहाँका सहकर्मीहरूले तपाईंले छोड्नुपर्छ भनेर भनिरहनुभएको छ ।
लकडाउनको अवधिभित्र पनि चिकित्सकको सल्लाहबमोजिम बिहान हिँड्दै गर्दा मसँग भेट भएका एक सेवानिवृत्त वरिष्ठ अधिकृतले नेपाली कांग्रेस (नेका) को क्रियाशील सदस्य लिने चाहना राखेको बताउनुभयो । मैले प्रत्युत्तरमा सम्बन्धित वडाका व्यक्तिसँग सम्पर्क राख्न अनुरोध गर्दा त्यसमा थोरै आनाकानी गरेको महसुस भयो ।
सार्वजनिक पदमा बसेको व्यक्तिले भ्रष्टाचारको कसुर गरेको भेटिएमा ऊविरुद्ध मुद्दा दायर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक जिम्मेवारी हो । नेपाली सेना, न्यायालय र विभिन्न संवैधानिक आयोगका पदाधिकारी अख्तियारको दायरामा पर्दैनन् ।