तस्बिर : दिपेन्द्र रोक्का

तस्बिर : दिपेन्द्र रोक्काका लेखहरु :

'कांग्रेसको 'डेमोक्रेटिक स्पेस' खोसिँदैछ' [भिडियो]

चुनावबाट प्रतिनिधिसभाको ठूला दल बनेको नेपाली कांग्रेसले आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा प्रतिपक्षीको बेञ्चमा धकेलियो । तर, कांग्रेसले प्रमुख प्रतिपक्षीको बेञ्चमा बसेर आफ्नो कर्तव्य निर्वाह गर्नेभन्दा पनि त्यही भूमिकामा समेत प्रश्न खडा हुने गरी बहुमत जुटाइसकेको पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दियो ।

विरासत फर्काउँदै नरदेवी, सेवाग्राहीको चाप बढ्दो

ललितपुरस्थित गोदावरीकी ७८ वर्षीया शारदा श्रेष्ठलाई घुँडा दुख्ने समस्या छ । भारत तथा नेपालका थुप्रै अस्पतालमा उपचार गराइन् । चिकित्सकले घुँडाको शल्यक्रिया गर्नुपर्छ भने । तर शल्यक्रिया गर्न मनले नमानेपछि उनी अरु विकल्पको खोजीमा लागिन् ।

काकाकुल ढुंगेधारा

काठमाडौं उपत्यकाको सौन्दर्य मान्छेको भीड, बेढंगका बग्रेल्ती घर, बाँगाटिंगा बाटा र कुरूप संरचनाहरूले मिचिएको छ । एक समय देवस्थलका रूपमा परिचित उपत्यकाको आभा मन्दिरहरू, देवल र कलात्मक ढुंगेधाराहरूले निखारेको थियो । तर बढ्दो जनघनत्व र अव्यवस्थित बस्ती विस्तारको मारमा सहर बिस्तारै कुरूप बन्दै गयो । जमघट हुने, जात्रा र पर्वसँग प्रत्यक्ष साइनो भएका र ढुंगेधाराहरू अतिक्रमणको सिकारमा पर्दै गए ।

जहरसिंहपौवाबाट देखिएका हिमाल

असोज/कात्तिक मौसम खुल्ने समय । जाडो पनि सुरु हुने समय । यहीबेला उपत्यकाबाट उत्तरतिर हिमालहरू छर्लंगै देखिन्छ । उपत्यकामा वायु प्रदूषण नहुँदो होस् त हिमाल अझै टल्किन्थे । उपत्यकाबासीले नजिकैबाट हिमाल नियाल्न धेरै टाढा जानै पर्दैन । नगरकोट, रानीकोट, सूर्यचौर, जहरसिंहपौवा, चन्द्रागिरी वा नजिकको हिल स्टेसनबाट हिमाल हेरेर आनन्द लिन सकिन्छ ।हेरौं काठमाडौंको उत्तरपूर्वमा रहेको जहरसिंहपौवाबाट देखिएका हिमाल र त्यहाँको जीवनशैली ।

असनमा किनमेलको घुइँचो [तस्बिरहरु]

दसैं सुरु भएसँगै काठमाडौं असन बजारमा पनि मानिसको भीड बढेको छ । त्यहाँ शनिबारको भीड देख्दा मानिसले कोरोना भाइरस संक्रमणको जोखिम बिर्सिसकेको आभाष हुन्थ्यो । भीडभाड भए तापनि व्यापारीहरू सोचेअनुरूप कारोबार नभएको बताउँछन् ।

जर्जर बन्यो देशकै पहिलो विज्ञान क्याम्पस [भिडियो]

अमृत साइन्स क्याम्पस (अस्कल) देशको पहिलो विज्ञान विषय अध्ययन गराउने क्याम्पस हो । विज्ञान विषयमात्र पढाइने यो देशको एउटा मात्रै क्याम्पस पनि हो । यो क्याम्पस २०१३ साल असोज १ गते स्थापना भएको हो । हाल क्याम्पस स्थापना भएको ६५ औं वर्ष पुगेको छ ।

चुरा पोते व्यापारमा छैन उत्साह [तस्बिरहरू]

तीजको पूर्वसन्ध्यामा काठमाडौंको इन्द्रचोकस्थित चुरा पोते बजारमा तीजको अघिल्लो दिन चहलपहल कम देखियो । कोरोना महामारीका कारण यहाँको पोते बजार अघिल्लो वर्षभन्दा केही चहलपहल देखिएपनि व्यापारीहरुमा कुनै उत्साह छैन । तिजमा विवाहित महिलाहरुका लागि चुरा र पोतेले विशेष महत्त्व राख्दछ ।

बैंकेश्‍वरबाट यमलोक हुँदै नेवारबहादुर र बाहुनबहादुर...

सहकार्य र सहयात्राको ४१ औं वर्ष । यो जोडीले पञ्चायत, बहुदल र गणतन्त्र देख्यो । रंगमञ्चमा जन्मिएका यी दुईले एकअर्काका हात समाएर यात्रा सुरु गरे । उनीहरुको सहकार्य साथ, भरोसा र विश्वासबाट सुरु भयो । उदाहरण बने असल मितत्राको, अनि बलियो साथको । यी दुई परिवर्तनका वाहकमात्र बनेनन् हास्यव्यंग्यको नबिर्सने इतिहास बने । दर्शकको ताली र हाँसोमा जन्मिएको यो जोडी हो 'मह' । 

कचौराबाट 'सरगम' का सुर निकाल्ने निरन [भिडियो]

सिसा या माटोको भाँडा देख्ने बित्तिकै निरन श्रेष्ठको हात चलमलाई हाल्थ्यो । सानो लठ्ठीले ट्वाङटुङ हान्थे, भाँडोको आवाज सुन्न । एकदिन आफ्नो कपडा पसल छेउको दोकानबाट चिया मगाएर पिउँदै थिए ।

मनाइयो घण्टाकर्ण पर्व [तस्बिरहरु]

कोरोना संक्रमण बढिरहेकै बेला भक्तपुरमा भने घण्टाकर्ण पर्व मनाइएको छ । यो पर्व उपत्यकाभरि मनाइन्छ । घण्टाकर्ण चतुर्दशीलाई गथामुंगः च:हे भनेर चिनिन्छ। साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएका छन् । गोपाल वंश अनि लिच्छवि वंशदेखि यो पर्व मनाइँदै आइएको हो ।