कारोना भाइरसको महामारीपछि विश्वभर पहिलो असर हजारौं वायुसेवा कम्पनीहरुमा पर्यो । यसले विश्वका सयौं ठूला, उत्कृष्ट, बलिया, पुराना सबैखाले वायुसेवा कम्पनीलाई धक्का पुर्यायो । सयौं विमान अहिले पनि स्वदेशमा पार्किङ गर्ने स्थान नहुँदा अपरेटरले मरुभूमिमा बनाइएका भाडाका पार्किङस्थलमा जहाज छाडेर आएका छन् ।