बालिका थपलिया

बालिका थपलियाका लेखहरु :

खुट्टाले पहिरिएको श्रीपेच

पत्रकार प्रकाश गुरागाईको पहिलो पुस्तक ‘खुट्टामा श्रीपेच’ बयालीसवटा कविताको संग्रह हो  । सांग्रिला बुक्सले बजारमा ल्याएको संग्रहका कविताहरू समसामयिक विषयवस्तुमा आधारित भएर लेखिएका छन्  ।

संगत गुनाको फल

‘तिमी यस नेपालमा खेर गइरहेका नदी सरह हौ,’ श्रीमान् गोविन्दराज भट्टराईले आफूलाई यस्तो वाक्य प्रयोग गरेपछि अञ्जनाको मनमा काँडा बिझेझैं भयो  । यही वाक्यले उनलाई नियात्राकार पनि बनायो  ।

बाल विकास अभिभावकका हातमा

जीवन प्रवेशको पहिलो अवस्था एकदम संवेदनशील हुन्छ । आमाको पेटमा रहँदादेखि दुई वर्षको पुग्दा शिशुमा अस्सी प्रतिशत दिमाग विकसित भइसकेको हुन्छ । दिमागको बाँकी बीस प्रतिशत विकास त्यसपछिको उमेरमा हुने गर्छ । त्यसैले त्यो अवधिलाई सुनौलो हजार दिन भनिन्छ । यी दिनलाई साँच्चिकै सुनौलो बनाउन अभिभावकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।

महिमा मात्रै

जब दसैँको हामीमाझ आगमन हुन्छ तब दुर्गा भवानीको महिमा गाउँछौं । राक्षस मारेर सत्यको जित गराउने उनको बडादसैँमा पूजा गर्छौं । नवरात्रिमा पनि हामी देवीहरूकै उपासना गर्छौं । मालसिरीको धुनले उनको गुनगानको व्याख्या गरेको छ । बडादसैँलाई हामीले देशको ठूलो चाँडको रूपमा मान्दै आएका छौं ।

सुरी र कुती

अवतार अहिले चार वर्षका भए । उनलाई कुकुर, बिरालो, खरायो, चराचुरुंगी एकदम मन पर्छ । उनको घरको बिरालो र कुुकुरले छाउरा पाएको दिन अवतार एकदम खुसी भए ।