मोहन गजुरेल

मोहन गजुरेलका लेखहरु :

नवउद्यमशीलता प्रवर्धनमा राज्यको उदासीनता

भारतले हालैको बजेटमा स्टार्टअप कम्पनीहरूलाई थप एक वर्ष कर छुट (ट्याक्स होलिडे) दिने घोषणा गरेको छ । कोरोना महामारीका कारण व्यवसायमा परेको असरलाई ख्याल गर्दै उसले पुँजीगत लाभकर छुटको अवधि पनि एक वर्ष थपेको छ । गत डिसेम्बर अन्तिम सातासम्मको तथ्यांकअनुसार भारतमा ४१ हजार हाराहारी स्टार्टअप दर्ता छन् । यीमध्ये ३९ हजारभन्दा बढीले करिब ४ लाख ७० हजार जनालाई रोजगारी दिएका छन् ।

नवउद्यम रोजगारीको आधार

बन्दाबन्दीको प्रतिकूलतामाझ विद्युतीय व्यापार (इ–कमर्स) मा संलग्न सस्तो डिलले करिब १२ करोड रुपैयाँको लगानी जुटायो । निजी क्षेत्र पर्ख र हेरको स्थितिमा हुँदा सस्तो डिल भने कम्पनीलाई नयाँ उचाइमा लैजाने रणनीति बनाउन व्यस्त छ । परम्परागत अफलाइन सपिङ (पसलमै गएर किन्ने) अवरुद्ध हुँदा सहरी क्षेत्रमा अनलाइन सपिङ नयाँ उचाइमा पुगेको छ ।