२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कृष्णप्रसाद पौडेल

कृष्णप्रसाद पौडेलका लेखहरु :

राष्ट्रिय सभाको गरिमा फर्काउने अवसर

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट समानुपातिक आधारमा ८ गरी ५६ र राष्ट्रपतिबाट मनोनीत १ महिलासहित ३ गरी ५९ सदस्य रहने व्यवस्था छ । राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ, एकतिहाइ सदस्य प्रत्येक दुई वर्षमा बाहिरिने गर्छन् । यहीबमोजिम २० सदस्यको पदावधि फागुन २० मा सकिँदै छ ।

शिक्षा विधेयकमा के आयो, के छुट्यो ?

लामो प्रतीक्षापछि सरकारले शिक्षासम्बन्धी विधेयक संघीय संसद्‌मा पेश गर्ने भएको छ । सरकारले ल्याएको विगतदेखिको शिक्षासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्ने गरी ल्याएको विधेयकका कारण अहिले शिक्षा क्षेत्र तरंगित भएको छ । विधेयकमा समेटिएका राम्रा पक्ष र कमजोरीहरुका विषयमा अहिले छलफल चलिरहेको छ । यसकारण पनि शिक्षा विधेयकमा समेटिएका र छुटेका सवालहरुमाथि चर्चा गर्नु उपयुक्त हुनेछ ।

उपनिर्वाचनले तय गरेको कांग्रेसको मार्गचित्र

आधुनिक पुस्ता आफ्नो भविष्यप्रति अत्यन्त संवेदनशील मात्र होइन, चिन्तित पनि छन् र हुन्छ्न् । आजका युवा भविष्यको उज्यालो जसले देखाउन सक्यो त्यसैप्रति आकर्षित हुने गर्दछन् । सन् १९९० दशकका महान समाजशास्त्री जिग्मेन्ट बौउमेनको लिक्यूड मोडर्टिनिटी सिद्धान्तअनुसार आफ्नो भविष्यप्रति अत्यन्तै संवेदनशील र चिन्तित छ यो पुस्ता ।

दाहालका लागि अवसर बन्न सक्छ तेस्रो कार्यकाल

सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रिया हुँदै राजनीतिको मूलधारमा प्रवेश गरेका पुष्पकमल दाहाल 'प्रचण्ड' सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्रीको रूपमा बालुवाटारमा विराजमान छन् । एकातिर उनी सत्ता प्राप्तिको लागि जुनसुकै सम्झौता गर्न सक्छन् भन्ने कुरा उनैका सहयात्री दलको पोलिटिकल आईडोलोजीले जनाउँछ भने अर्कोतर्फ उनको यो तेस्रो कार्यकालको प्रधानमन्त्रीको यात्रा त्यति सहज र सजिलो छैन भन्ने कुरा उनैका गठबन्धनका सहयात्री दलको हाउभाउले प्रस्ट्याउँछ । 

निर्वाचनमा खर्च कसरी कम गर्ने ?

नेपालको संविधानले निर्वाचन आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्‌का सदस्य, प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचनको प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने तथा संविधान र संघीय कानुनबमोजिम राष्ट्रिय महत्त्वको विषयमा जनमत संग्रह गराउने अधिकार प्रदान गरेको छ ।