रेजिना पाण्डे

रेजिना पाण्डेका लेखहरु :

कोभिडको एउटा ओखती मास्क

कोभिड महामारीले तहसनहस पारेको हाम्रो दैनिकी बिस्तारै सुचारु हुँदै थियो । तर, ओमिक्रोन भेरिएन्ट समुदायस्तरमै फैलिरहेको समाचार आइरहेको छ । कोरोनाविरुद्ध खोप लगाउने क्रम बढे पनि यो अझै सबैको पहुँचमा पुगेको छैन वा पुग्ने क्रममा छ ।

एउटा मोबाइल दुई–तीन विद्यार्थी

सरसफाइको काम गर्ने चिनजानकी एक दिदीले हालै मलाई भनिन्, ‘मेरा तीन सन्तान छन्, उनीहरूको अनलाइन कक्षा एकै समयमा हुन्छ तर मसँग एउटा मात्र मोबाइल छ ।’

कसको जित ? कसको हार ?

हरे आइमाईको जात ! बिहेको दुई महिनामै नछुनु रोकिएछ नि फलानोकी बुहारीको !’ मेरो बिहे हुनुअघि घरमा, मन्दिरमा, केही अनौपचारिक जमघटमा टोलकी नयाँ बुहारीबारे माथिका खासखुस सुनिरहन्थेँ । तर, कहिल्यै सोचेकी थिइनँ– बिहेपछि मैमाथि संकेत गरेर कसैले एकदिन यस्तै भन्नेछ ! 

नो टच प्लिज !

केही समयअघि पसलमा सामान किन्दै गरेकी एउटी बालिकालाई एक अधबैंसे पुरुषले अँगालो मार्दै गाला सुमसुम्याए । ती बालिकाले झस्कँदै भनिन्, ‘ब्याड टच अंकल ।’ लगभग १० वर्षकी उनले आत्मविश्वासका साथ ‘नो टच प्लिज अंकल, दिस इज योर ब्याड ह्याबिट’ भन्दा ती पुरुष अलमल परे । पसले दिदीले भनिन्, ‘यो दाइको बानी यस्तै छ ।’