राष्ट्र रोएको छ, किनकि राष्ट्र जागेको छ

भ्रष्टाचारविरुद्धको सशक्त युवा आजाव, राज्यको बर्बर दमन । आन्दोलनको आवरणमा अराजकता र धनजनको क्षति । समग्रमा ७३ नागरिकको बलिदानी । यो केवल दु:खद् परिघटना होइन, देशको ऐतिहासिक यात्राको एउटा गम्भीर मोड पनि हो।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

The nation is crying, because the nation is awake

What you should know

काठमाडौँ — देशमा सुशासन, जवाफदेहिता र पारदर्शिता स्थापित होस् भन्ने माग राख्दा बगाउनु परेको प्रत्येक थोपा रगतले नेपाली समाजलाई ब्युँझाइरहनेछ । इतिहासले प्रमाणित गरेको छ कि नागरिकको आँसु, रगत र पीडाले नै देशमा पुनर्जागरण ल्याउँछ ।

पुनर्जागरणलाई जीवन्त राख्न हरेक अमूल्य जीवनप्रति सम्मान अपरिहार्य छ । कान्तिपुरको आजको अंक अमूल्य जीवन र उनीहरूको संकल्पप्रति समर्पित छ।

देशमा व्याप्त भ्रष्टाचारविरुद्ध सुशासनको माग राख्दै जेन–जीले गत भदौ २३ मा काठमाडौंको माईतीघर मण्डलबाट विरोध प्रदर्शन गरेका थिए ।

प्रहरीलाई फूल दिएर कार्यक्रम सुरु गर्ने भनेका जेन–जीलाई उत्तरार्धमा तिनै प्रहरीले टाउको र छातीमा ताकी ताकी गोली बर्साए, २१ जनाको पहिलो दिनमै ज्यान गयो । होनहार युवाको ज्यान गएसँगै देश उद्वेलित भएको थियो ।

पहिलो दिन ज्यान गुमाएका २१ जनाको कथा यहाँ प्रस्तुत गरिएको छ : 

सम्बन्धित समाचार

एकै दिन अस्ताए ५२ जना

५ कैदीबन्दी र सुधारगृहका ५ बालकको मृत्यु

भाटभटेनीमा १२ सहित व्यापारिक भवन र निजी घरमा १५ ले ज्यान गुमाए, ३ को मात्र सनाखत

कान्तिपुर

Link copied successfully