अभिषेक बुबा दिनेश र आमा रीता चौलागाईंका एक्ला छोरा हुन् । दिनेश आफैं पेसाले सुरक्षाकर्मी हुन् । छोरालाई गोली लागेको सुनेपछि रीता बेहोसजस्तै अवस्थामा छिन् ।
दोलखा — शैलुङ गाउँपालिका–४, दोलखाका अभिषेक चौलागाईं कक्षा १२ को अध्ययन सकेर बसिरहेका थिए । चाँगुनारायण–१ स्थित जस्ताको टहरामा आश्रय लिइरहेका उनी २३ भदौमा कलेज पोसाकमै जेन–जीको आन्दोलनमा गएका थिए । त्यही क्रममा संसद् भवनमा गोली लागेर उनी ढले । उनलाई टाउकामा गोली लागेको थियो ।
अभिषेक बुबा दिनेश र आमा रीता चौलागाईंका एक्ला छोरा हुन् । दिनेश आफैं पेसाले सुरक्षाकर्मी हुन् । छोरालाई गोली लागेको सुनेपछि रीता बेहोसजस्तै अवस्थामा छिन् ।
काका विनोदका अनुसार साथीहरू विदेश लम्किरहँदा पनि अभिषेक देशमै केही गर्नुपर्छ भनेर विदेश जाँदिन भन्थे । ‘हामीसँग कुरा गर्दा हालका नेताले केही गर्न सकेनन्, हामीले गर्नुपर्छ भन्थ्यो,’ उनले भने, ‘हामी गरेर देखाउँछौं, देशलाई नयाँ बनाउँछौं भन्थ्यो ।’
बुबाको जागिरका भरमा घरपरिवार चलिरहेको थियो । ‘परिवारमा बज्रपात परेको छ,’ विनोदले भने, ‘आँट भरोसा दिने कोही छैन ।’
- विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।
सम्बन्धित समाचार
सानैदेखि निडर अनि हक्की थिए विनोद
