भ्रष्टाचारविरुद्धको सशक्त युवा आजाव, राज्यको बर्बर दमन । आन्दोलनको आवरणमा अराजकता र धनजनको क्षति । समग्रमा ७३ नागरिकको बलिदानी । यो केवल दु:खद् परिघटना होइन, देशको ऐतिहासिक यात्राको एउटा गम्भीर मोड पनि हो।
भ्रष्टाचारविरुद्धको सशक्त युवा आजाव, राज्यको बर्बर दमन । आन्दोलनको आवरणमा अराजकता र धनजनको क्षति । समग्रमा ७३ नागरिकको बलिदानी । यो केवल दु:खद् परिघटना होइन, देशको ऐतिहासिक यात्राको एउटा गम्भीर मोड पनि हो।
केही समयअघि मात्रै स्नातक तहमा भर्ना भएका श्रीकृष्ण तीन वर्षयता काठमाडौंमै बस्दै आएका थिए ।
आन्दोलनमा जानुअघि उनले श्रीमतीलाई ‘अब युवा नेतृत्व आउँछ’ भनेर निस्किएका थिए । तर, उनी फर्किएनन् ।
पुर्ख्यौली घर काभ्रेको खोपासी रहेका रसिकको टेकुमा पनि थियो बासस्थान । एउटी दिदी बिहेपछि अस्ट्रेलिया पुगेकी थिइन् । उनैले भाइलाई उता लैजान चाहेकी थिइन् ।
बुबा बेलबहादुर कुथुमी र आमा कृष्णकुमारीको कोखबाट २०१८ मंसिरमा उनको जन्म भएको थियो । कुथुमी अढाई दशकदेखि काठमाडौंमा बस्दै आएका थिए ।
दुई छोरीका बाउ सरदार एक्लैले ज्याला मजदुरी गरी कमाएको पैसाले परिवार चलाउन गाह्रो भएपछि श्रीमतीलाई वैदेशिक रोजगारीमा पठाएका थिए ।
परिवार अहिले शोकमा डुबेको मात्रै छैन, आशाको उज्यालो पनि निभेको छ ।
संसद् भवनतर्फबाट चलेको गोली लागेर सबैभन्दा पहिले बारपाक सुलिकोट गाउँपालिका–५ नारेश्वर डाँडाका २२ वर्षीय विमल भट्ट ढले । तत्कालै उद्धार गरेर सिभिल अस्पताल पुर्याउँदा उनको निधन भइसकेको थियो ।
२१ वर्षीय योजन बुढा काठमाडौंको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए ।
झोलामा बिस्कुट, चाउचाउ बोकेर जेन–जीको आन्दोलनका लागि घरबाट हिँडेका सौरन किशोर श्रेष्ठ जहिले पनि भ्रष्टाचार र कुरीतिविरुद्ध खरो उत्रन्थे । विकृति र विसंगतिविरुद्ध लाग्नेलाई उनी सधैं साथ दिन्थे ।
लुकको व्यवस्था परिवर्तन गर्न युवाहरूले सशक्त आन्दोलन गर्नुपर्ने विचारधारा राख्थे ललितपुरका विनोद महर्जन। बाक्लो दाह्री–जुंगा र लामो कपाल देखेर अनौठो मान्नेहरू उनको कुरा सुनेर प्रभावित हुन्थे ।
जेन–जीले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापा तथा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका हुन्।
निजामती सपना बोकेर ठेलीका–ठेली पुस्तक पढेरै दिन बताइरहेका योगेन्द्र न्यौपाने (रोशन) त्यस दिन अचानक माइतीघर–बानेश्वर सडकमा निस्किए ।
अभिषेक बुबा दिनेश र आमा रीता चौलागाईंका एक्ला छोरा हुन् । दिनेश आफैं पेसाले सुरक्षाकर्मी हुन् । छोरालाई गोली लागेको सुनेपछि रीता बेहोसजस्तै अवस्थामा छिन् ।
घर निर्माणमा मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका दिलनारायण (४२) सधैं देशको चिन्ता लिने स्वभावको भएको र आखिर देशकै लागि गोली खाएर मरेको श्रीमती मायाले बताइन्।
नेपाली सेनाका पूर्वमेजर ईश्वरबहादुर अधिकारी र अन्जना थापाका २६ वर्षीय छोरा ईश्वत गत सोमबार बुबालाई भनेरै जेन—जी आन्दोलनमा सरिक हुन घरबाट निस्केका थिए ।
टिस्टुङ–पालुङ घर भएका मृतक तामाङ बुबा विष्णुबहादुर तामाङको बुढेसकालको सहारा पनि थिए । असल बानीव्यहोरा भएका उनको बौद्धमा क्याफे थियो ।
गौरवले १२ कक्षा पास गरेपछि अस्ट्रेलिया जान खोजेका थिए, सम्भव नभएपछि यूके जाने तयारीमा थिए । जेन—जी आन्दोलनमा गौरव अस्ताउँदा वृद्ध आमाबुबाको सहाराको टेको नै ढलेको छ ।
पढाइ सकेर कलेजबाट घर फर्केका श्रेयमलाई बानेश्वरमा भएको प्रदर्शनमा गोली लागेर निधन भएको कलेज र उनका सहपाठीले जनाएका छन् ।