उच्च शिक्षा अध्ययन गरिरहेका ओजन अस्ताए

२१ वर्षीय योजन बुढा काठमाडौंको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए ।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

Ojan Astaay, who is studying higher education

What you should know

काठमाडौँ — बाजुराको विकटमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपाना गाउँका मअडीपाल बुढाका माइला छोरा २१ वर्षीय योजन बुढा (ओजन) काठमाडौंको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए ।

काठमाडौंमा डेरा गरी बस्ने योजन जेन–जी प्रदर्शनका क्रममा भदौ २३ मा बेखबर भएका थिए । भदौ २७ मा उनलाई बीएन्डबी अस्पतालमा आफन्तहरूले मृत अवस्थामा फेला पारेका थिए ।

योजन परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । मअडीपालले भारतमा मौसमी मजदुरी गरेर जहान पाल्थे । आयआर्जनका अन्य उपाय नभएकाले छोराहरूलाई उच्च शिक्षा पढाउने अवस्था थिएन । मअडीपालकै अनुरोधमा योजनलाई कक्षा ३ देखि नै कोल्टी घर भएकी शारदा सिंहले आश्रय दिएर एसईईसम्म पढाएकी थिइन् ।

प्लस टु पढ्नका लागि योजन आफैं काठमाडौं गए । काठमाडौंमा आएपछि कानुन विषय लिएर प्लस टु गरे । पढाइलाई निरन्तरता दिनका लागि उनी पाएको जुनसुकै काम गर्दै डेरा गरेर पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए ।

प्रदर्शनका क्रममा बेपत्ता भएका योजनलाई टाउकामा गहिरो घाउ र एउटा हात भाँचिएको अवस्थामा अस्पतालमा शव भेटिएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।

योजनको मृत्युको खबर पाउनेबित्तिकै गाउँपालिकाले नै उनका बुबा मअडीपाल र आमा चौपतालाई काठमाडौं पुर्‍याउन सहजीकरण गरेको थियो । २८ भदौमा अभिभावकले शव बुझेर दाहसंस्कार गरेपछि अहिले बुबाले पशुपतिमै काजकिरिया गरिरहेका छन् ।

सम्बन्धित समाचार 

सानैदेखि निडर अनि हक्की थिए विनोद

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

छिनभरमै ढल्यो सहारा

प्रहरी परिवारमा चोटमाथि चोट

आयुषको फ्रान्सको यात्रा अधुरै 

छिनभरमै ढल्यो सहारा

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

कान्तिपुर

Link copied successfully