माल्टा जाने तयारीमा थिए श्रीकृष्ण

केही समयअघि मात्रै स्नातक तहमा भर्ना भएका श्रीकृष्ण तीन वर्षयता काठमाडौंमै बस्दै आएका थिए ।

आश्विन १, २०८२

अनिश तिवारी

Shri Krishna was preparing to go to Malta

What you should know

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका–६ गातीका २२ वर्षे योगबहादुर (श्रीकृष्ण) श्रेष्ठलाई आन्दोलनका क्रममा कोखामा गोली लागेको बताउँछन्, उनका दाइ रामकृष्ण ।

 ‘भ्रष्टाचारमुक्त देश माग्दा भाइले गोली खाएर ज्यान गुमाउनुपर्‍यो, जसले सिंगो परिवार मर्माहत त भएको छ, तर बलिदानी खेर जाला भन्ने पनि चिन्ता छ,’ उनले भने । उनकाअनुसार केही समयअघि मात्रै स्नातक तहमा भर्ना भएका भाइ तीन वर्षयता काठमाडौंमा थिए ।

कामको खोजीमा माल्टा जाने तयारीमा लागेका श्रीकृष्ण गत मंगलबारको जेन जी आन्दोलनमा सहभागी भएका थिए । ‘ऊ आन्दोलनमा गएको हामीलाई पछि मात्रै थाहा भयो, यस्तो घटना घट्ला भन्ने कल्पना पनि थिएन,’ दाइ रामकृष्णले भने ।

जिल्लामा विपन्न र उपचार नपाएर मृत्यु भएका घटनाले घोचिरहने गर्थ्यो श्रीकृष्णलाई । ‘भाइ आन्दोलनस्थलमै गोली लागेर ढलिसकेको रहेछ, अर्को एक जनाले फोन उठाएर तपाईंको मान्छेलाई एम्बुलेन्समा लगेको छ भनेपछि हामी अत्तालियौं, उसलाई रातभर काठमाडौंका अस्पतालमा खोज्यौं, पछि पो ट्रमाबाट रातारात टिचिङ पुर्‍याइएको रहेछ, भाइ खोजेको शव फेला पर्यो,’ रामकृष्णले भावुक हुँदै भने ।

सम्बन्धित समाचार 

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

बुवालाई रोकेर प्रदर्शनमा गएका ईश्वत फर्किएनन्

उच्च शिक्षा अध्ययन गरिरहेका ओजन अस्ताए

अधुरै रह्यो गौरवको यूके जाने सपना

सामाजिक सञ्जालबाट खुल्यो छत्रमानको पहिचान

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

जसका सपना सडकमै छुटे

अनि आफन्तहरूको आकाश खस्यो

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully